विकाशको डायरी

Google
नेपाली समय

April25,2006

कोइरालालाइ प्रधानमन्त्री

Filed under: समाचार

बुटवल
राजाको शाही घोषणाबाट संसद पुनःस्थापित भएपछि देशका विभिन्न जिल्लाहरुमा विजय जुलुसहरु निस्किरहेका छन् । विराटनगर, झापा, नेपालगञ्ज, पोखरा, बुटवल, पाल्पा, गुल्मी, अर्घाखाँची, नवलपरासी, कपिलवस्तु लगायतका जिल्लाहरुमा मंगलबार विहानैदेखि विजय जुलुसहरु निस्किरहेका छन् । बुटवलका पुष्पलाल चोक, मिडिया चोक, सुख्खानगर, दीपनगर, योगीकुटी, गोलपार्क लगायतका ठाउँहरुमा जुलुसहरु निस्किरहेका छन् ।
राजाको घोषणालाइ दलहरुले स्वागत गरेपनि कायकर्ताहरुले भने संविधान सभाको निर्वाचन नभएसम्म आन्दोलन नरोकिने बताएका छन् ।
आ आफ्ना झण्डा र ब्यानरसहित सडकमा उत्रिएका आन्दोलनकारीहरुले संविधान सभाको पक्षमा चर्का नाराबाजी गरिरहेका छन् । त्यस्तै भैरहवामा आज विहानैदेखि आधा दर्जन ठाउँबाट जुलुस निस्कोका थिए ।
त्यस्तै पाल्पाको आन्दोलन चोकबाट बृहत विजय जुलुस निस्किएको छ ।
यता राजा ज्ञानेन्द्रबाट हिँजोको शाही घोषणामार्फ संसद पुनर्स्थापित भएपछि आन्दोलनरत सात राजनीतिक दलहरुले आगामी रणनीति तय गर्न आज विहान बैठक बसेको छ । बैठकले संसद पुनर्स्थापनाको र्समर्थन गर्न मओवादीलाइ आग्रह गरेको छ ।

 विजय जुलुस सात दलले संविधान सभाको निर्वाचनलाइ मूख्य कायसूचि बनाउने निर्णय गरेका छन् । आज बसेको सात दलको बैठकले जनआन्दोलनमा मृत्यु भएकाहरुका परिवारलाइ सहयोग गर्ने र घइतेहरुको उपचार गर्ने निर्णय समेत गरेको छ । त्यसैगरी बैठकलेले जनआन्दोलनमा दमन गर्नेहरुको छानविन गरी कारबाही गर्ने र निरंकुश शासनमा भएका सम्पूर्ण निर्णयहरु खारेज गर्ने निर्णय पनि गरेको छ । सात दलले माओवादीसँग भएको १२ बुँदे समझदारीप्रति पूर्ण प्रतिवद्धता जनाएका छन् ।
अहिले बैठक गरिरहेका छन् । कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाको निवास महाराजगंजमा बसिरहेको बैठकमा संसद पुनर्स्थापनापछिको अवस्था र अग्रगामी रणनीतिका बारेमा छलफल भैरहेको बैठकमा सहभागी जनमोर्चा नेपालका उपाध्यक्ष लिलामणि पोखरेलले बताउनुभएको छ । कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालालाइ प्रधानमन्त्री बन्न एमाले महासचिव माधवकुमार नेपाल र प्रजातान्त्रिक कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रस्ताव गर्नुभएको छ सात दलले बैठक गरिरहँदा बैठकस्थल बाहिर भने हजारौ दलका कायकर्ता तथा युवा विद्यार्थीहरुले भने संविधान सभाको पक्षमा नाराबाजी गर्दै पर््रदर्शन गरिरहेका छन् । उनीहरुले संविधान सभाको निर्वाचन घोषणा नहुञ्जेल आन्दोलन जारी राख्ने बताएका छन् ।

Comments »

The URI to TrackBack this entry is: http://bikash.blogsome.com/2006/04/25/nepal-13/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>





  • नेपाली भिडियो

  • माथि(मुख्य पृष्ठ)
  • --Next page-->> 2 3 4 5 6 7




















    Get free blog up and running in minutes with Blogsome
    Theme designed by Riosoft

  • माथि
  • Free Hit Counter