विकाशको डायरी

Google
नेपाली समय

April25,2006

नेपाल र प्रजातान्त्रिक कोरियाबीच सूचना सम्बन्धमा सम्झौता

Filed under: समाचार

काठमाडौं
नेपाल र प्रजातान्त्रिक कोरियाबीच सूचना तथा साचारका विविध क्षेत्रमा सहयोग आदानप्रदान गर्ने सम्बन्धमा सम्झौता भएको छ ।
सूचना तथा साचार मन्त्रालयमा आयोजित समारोहमा नेपालको तर्फबाट साचार सचिव कुमारप्रसाद पौडेल र प्रजातान्त्रिक कोरियाका तर्फबाट कोरियाली प्रतिनिधिमण्डलका प्रमुख एवं कोरियाली सूचना समितिका उपाध्यक्ष रि जु क्वानले हस्ताक्षर गर्नुभएको उक्त सम्झौता तीन वर्षसम्म लागु हुनेछ । सम्झौता अनुसार सूचनाको क्षेत्रमा रेडियो टेलिभिजन र पत्रपत्रिका तथा प्रकाशित एवं उत्पादित महत्वपूर्ण सामग्रीका साथै मानव स्रोत विकासका माध्यमबाट दुवै देशबीच आपसी प्रविधि र सहयोग आदान-प्रदान हुनेछ ।

हाल तीन वर्षका लागि सम्पन्न भएको उक्त सम्झौता लिखितरुपमा सूचना दिई रद्द गरेकोमा वाहेक अर्को तीन वर्षका लागि पनि स्वतः नविकरणको व्यवस्था तथा आपसी सहमतीको आधारमा संशोधन वा परिमार्जन गर्न सकिने प्रावधान समेत रहेको छ । साचार सचिव पौडेलले उक्त अवसरमा कोरियाली सरकारलाई धन्यवाद दिँदै दुई देशबीच कुटनीतिक सम्बन्ध स्थापना पश्चात रहिआएको महत्वपूर्ण सम्बन्ध अझै सुदृढ एवं प्रगाढ बनाउन यस सम्झौताले महत्वपूर्ण योगदान पुर् याउन सक्ने विश्वास व्यक्त गर्नुभयो । कोरियाली सूचना समितिका उपाध्यक्ष क्वानले उक्त सम्झौताबाट दुई देशबीचको सूचना र साचार क्षेत्रमा भएका विकास र प्रयासहरुको आदानप्रदान र आगामीसम्बन्धलाई अझ सुमधुर बनाउने धारणा राख्नुभयो ।

उपाध्यक्ष क्वानको नेतृत्वमा सूचना तथा साचार क्षेत्रका कोरियाली पाँच सदस्यीय प्रतिनिधिमण्डल केही दिनदेखि नेपाल भ्रमणमा रहेका छन् । नेपाल र प्रजातान्त्रिक कोरियाबीच सन् १९७४ मा कुटनीतिक सम्बन्ध स्थापना भएको थियो ।रासस

Comments »

The URI to TrackBack this entry is: http://bikash.blogsome.com/2006/04/25/nepal-korea/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>





  • नेपाली भिडियो

  • माथि(मुख्य पृष्ठ)
  • --Next page-->> 2 3 4 5 6 7




















    Get free blog up and running in minutes with Blogsome
    Theme designed by Riosoft

  • माथि
  • Free Hit Counter