माओवादी द्वारा तीन महिने युध्द बिरामको घोषणा
एकपक्षीय युद्धविरामको घोषणा
काठमाडौं बैशाख १३
नेपाल कम्युनिष्ट पार्टी माओवादीले तीन महिनाको लागि एकपक्षीय युद्धविराम घोषणा गरेको छ । अध्यक्ष क.प्रचण्डले आज एक प्रेस वक्तव्यमार्फत् त्यस्तो घोषणा गर्नुभएको हो ।
आज अबेर जारी वक्तव्यमा उहाँले भन्नुभएको छ-ूसंविधानसभा र लोकतान्त्रिक गणतन्त्रका लागि चलिरहेको जनसंघर्षलाई निरन्तर उर्जाशील राखी एउटा ऐतिहासिक उपलब्धिमा लगेर टुङ्गयाउने गहिरो जिम्मेवारीबोध जनताको शान्तिको आकंक्षाप्रतिको गहिरो प्रतिबद्धता तथा संसदवादी राजनैतिक दलहरुलाई निसर्त संविधानसभाको घोषणा गर्न प्रेरित गर्ने उद्वेश्य समेतमाथि सचेत बन्दै हाम्रो पार्टीले यसै वक्तव्यमार्फत् आजकै मितिदेखि लागू हुने गरी तीन महिनाका लागि पुनः एकपक्ष्ीाय युद्धविरामको घोषणा गर्दछ ।
नेपाल कम्युनिष्ट पार्टी माओवादी
केन्द्रीय समिति
प्रेस वक्तव्य
लोकतन्त्र शान्ति र अग्रगमनका लागि हाम्रो पार्टीले सात संसदवादी राजनैतिक दलहरुसंग १२-बुँदे समझदारी कायम गर्न तथा समझदारी अनुसार शान्तिपूर्ण जनसंघर्षमा समेत सकि्रय पहल लिएको कुरा सर्वविदितै छ । समझदारी र संघर्षमा भइरहेको संयुक्त पहललाई विश्वास गरेर नै सडकमा जनसमुदायले जनसंघर्षकै इतिहासमा वीरता र सिर्जनशीलताको नयाँ इतिहास रचना गर् यो । निशर्त संविधानसभा र गणतन्त्र जनसंघर्षको प्रमुख नारा र आदर्श बन्न पुगेको कुरा दिनको घाम जत्तिकै छर्लङ्ग छ । नेपालको इतिहासमा मात्र नभएर विश्व इतिहासमा समेत स्वर्णिम अक्षरमा लेखिने वर्तमान जनसंघर्ष निरंकुशतन्त्रका विरुद्ध सशस्त्र र शान्तिपूर्ण संघर्षको विशिष्ट संश्लेषणका रुपमा अगाडि आएको छ । यो विशिष्टताको गहन अध्ययन विश्लेषण र संश्लेषणको प्रकि्रया वौद्धिक र आम जनताका बीचमा समेत लामो समयसम्म चलिरहेको छ ।
तर अहिले यसलाई सात दलको मात्र संघर्ष भए जस्तो गरी कथित संसदको पूर्नस्थापनाद्वारा जनताले इतिहासमा प्रदर्शन गरेको महान् संश्लेषण र आदर्शलाई अवमूल्यन गर्ने भयानक प्रयत्नहरु भइरहेका छन् । जनसंघर्षको एक प्रमुख शक्ति ने।s।पा।माओवादी लाई संवोधन नै नगरी भएको कथित घोषणा र संझौताभित्र नेपाल र नेपाली जनताको लोकतन्त्र शान्ति र अग्रगमनको महान् पहल र आंकाक्षाका विरुद्ध गंभीर षडयन्त्रका तानाबाना लुकेको कुरा स्पष्ट बुझ्न सकिन्छ ।
हाम्रो पार्टी नेपाल र नेपाली जनताको आधुनिक गणतान्त्रिक चेतनाका विरुद्ध हुने सबै प्रकारका षडयन्त्रसँग जस्तो सुकै मोर्चामा रहेर पनि प्रतिरोध गर्न कहिल्यै पछि पर्ने छैन । अहिले संविधानसभा र लोकतान्त्रिक गणतन्त्रका लागि चलिरहेको जनसंघर्षलाई निरन्तर उर्जाशील राखी एउटा ऐतिहासिक उपलब्धिमा लगेर टुङ्गयाउने गहिरो जिम्मेवारीबोध जनताको शान्तिको आकंक्षाप्रतिको गहिरो प्रतिबद्धता तथा संसदवादी राजनैतिक दलहरुलाई निसर्त संविधानसभाको घोषणा गर्न प्रेरित गर्ने उद्वेश्य समेतमाथि सचेत बन्दै हाम्रो पार्टीले यसै वक्तव्यमार्फत् आजकै मितिदेखि लागू हुने गरी तीन महिनाका लागि पुनः एकपक्ष्ीाय युद्धविरामको घोषणा गर्दछ । युद्धविरामको अवधिभर जनमुक्ति सेनाले कुनै आक्रामक फौजी कार्यवाही गर्ने छैन अपितु सकि्रय रक्षाको अवस्थामा रही जनसमुदायको सेवा र शान्तिपूर्ण परिचालन गर्ने काममा सकि्रय रहने छ । हाम्रो पार्टी विश्वास गर्दछ कि हाम्रो यो घोषणाले संविधानसभा लोकतान्त्रिक गणतन्त्र र शान्तिको आकांक्षामा सडकमा पोखिएको जनसागरको उच्च सम्मानमात्र हुने छैन त्यसलाई निरन्तर उर्जाशील राख्दै इतिहासलाई एउटा तात्विक निष्कर्षसम्म पुर् याउनसमेत मद्दत गर्नेछ । हाम्रो ह्दय जनताको ह्दयसग जोडिएको छ ।
प्रचण्ड
अध्यक्ष
कृष्णसेन अनलाईन बाट


अनलाईनसमाचार

