विकाशको डायरी

Google
नेपाली समय

July3,2006

डेविड बेक्कमको राजीनामा


पोरचुगल संग हारेपछि डेविड बेक्कम ले आफ्नो परिवार संग सल्लाह पछि क्यापटेन बाट राजीनामा दिने निर्णय गरेका छन।
२००० को नोभेम्बरमा इटालीसंग को मैत्रि खेल देखी इन्गल्यान्ड को फुट्बल टिमका क्यापटेन भइ यो खेल सम्म आइपुग्दा ५८ पटक अन्तराष्टिय खेल मा क्यापटेनका रुपमा भुमिका निर्बाह गरेका बेक्कमले आइतबार एक पत्रकार सम्मेलन मार्फत उक्त घोषणा गरेका हुन । तत्कालिन कोच तिइराले उनलाइ क्यापटेन बनाएपछि यसपटक कोच एरिकशोनको पालामा पनि उनि नै क्यापटेन थिए। बिश्वकपमा आफ्नो समुह पराजित भयपछि एरिकशोनको ठाउमा नया माकलालेन कोच आउनेभएका छ्न ।
रोनाल्डिन्होको बार्षिक आम्दानी १ करोड ६० लाख पाउण्ड
ब्राजिलका चर्चित खेलाडी रोनाल्डिन्होको बार्षिक आम्दानी १ करोड ६० लाख पाउण्ड रहेको बताईन्छ । फ़्रान्सबाट प्रकाशित हुने एक फूटबल पत्रिकाकाअनुसार फूटबल जगतमा सबैभन्दा बढी आम्दानी गर्ने खेलाडीकारुपमा अहिले उनलाई नै लिईन्छ ।

रोनाल्डिन्हो १९८० मा पोल्ट्रो एलिग्रि गरिब उपनगरिय क्षेत्रमा जन्मिएका थिए । उनको मातृभाषामा रोनाल्डिन्होको अर्थ सानो रोनाल्डो भन्ने लाग्ने बताईन्छ । ब्राजिलकै अर्का सुपर स्टार खेलाडी रोनाल्डोको नामसंग नझुकियोस भनेर सानो रोनाल्डो अर्थ लाग्ने गरी रोनाल्डिन्हो नाम राखिएको बताईन्छ ।

पोल्ट्रोकै एक स्थानिय क्लवको फूटबल टिममा समावेश भई खेल जीवन शुरु गरेका रोनाल्डिन्हो बललाई जादूमय ढंगले नियन्त्रणमा लिनसक्ने र गोल गर्ने बिलक्षण खेल दक्षताका कारण उनको चर्चा अत्यन्तै कम समयमै संसारभर फैलिन पुगेको बताईन्छ । सन् २००२ को बिश्वकप फूटबल खेलमा उनले देखाएको खेल क्षमतापछि त युरोपका ठूला ठूला क्लवहरुबिच आ-आफ़्नो टिममा रोनाल्डिन्होलाई समावेश गर्न होडबाजी नै चलेको थियो ।

सन् २००३ देखि रोनाल्डिन्हो स्पेनको बारसेलोना क्लवमा आबद्ध रही खेल्दै आएका छन् । उनले सन् २००४ र २००५ गरी दुइपटकसम्म बर्षको प्रतिष्ठित खेलाडी अवार्ड प्राप्त गरिसकेका छन् ।

March31,2006

नेपाली कुखुरा भारत निकासी

भैरहवा
नेपालमा बर्डफ्लूको हल्लाले व्यवसायी मारमा परेको भएपनि भारतमा बर्डफ्लूको प्रभाव दखिएपछि नेपाली कुखुरा भारत निकासी हुन थालेको व्यवसायीहरुले बताएका छन् । रुपन्देही कुखुरा व्यवसायी संघका अध्यक्ष केशवविक्रम खड्काले भैरहवामा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा नेपालमा बर्डफ्लू नभएपनि हल्लाले कुखुरा व्यवसाय प्रभावित भएको बताउनुभयो । उहाँले नेपाली कुखुरा व्यवसायी मिडिया प्रोपोगाण्डाको शिकार बनेकेा बताउनुभयो । भारतमा बर्डफ्लूको प्रभाव देखिएपछि यहाँ

अन्य कारणले पंक्षी मरेपनि पत्रिका र मिडियाहरुले बर्डफ्लूको आंशका सहितको समाचार प्रकाशन र प्रसारण गर्दा धेरै मारमा परेका छौं’- उहाले थप्नुभयो -हल्लाका कुरालाइ समाचार नै बनाउँदा समस्या परेको कुरालाइ यहाँहरुले बुझिदिनुहोला । उहाँले उपस्थित संचारकर्मीहरुलाइ आग्रह गर्नुभयो ।
पशु क्वारेन्टाइन कार्यालय भैरहवाका प्रमुख डा. विजयकान्त झाले नेपाली कुखुरा बर्डफ्लूमुक्त भएकोले निर्धक्क भएर खान उपभोक्तालाइ आग्रह गर्नुभयो । उहाले सीमा क्षेत्रमा कडा निगरानी राखिएकोले खुला सीमाका कारण बर्डफ्लू आउँछ कि भन्ने त्रास नलिइ ढुक्क हुन आग्रह गर्नुभयो । सरकारले बर्डफ्लू विरुद्धको अभियानलाइ प्रभावकारी बनाइरहेको जानकारी दिंदै उहाँले भन्नुभयो- हामीले यहाँबाट दैनिकजसो काठमाडौं प्रयोगशालामा नमुनाहरु पठाएका छांै, बर्डफ्लू भए त थाहा भइहाल्छ ।’
जिल्ला पशु कार्यालय, रुपन्देहीका प्रमुख भगेलु यादवले बर्डफ्लू विरुद्ध सचेतना कायक्रम जरुरी भएपनि त्रसित भइहाल्नुपर्ने जरुरी नभएको बताउनुभयो ।

March27,2006

बौद्ध-हिन्दू युवा एकता राष्ट्रिय महासम्मेलन

विश्वमै शान्ति स्थापना गर्ने उद्देश्यले विक्रम सम्वत २०६३ मा नेपालमा पहिलो पटक विश्व बौद्ध-हिन्दू युवा एकता राष्ट्रिय महासम्मेलनको आयोजना गरिने भएको छ। विश्व बौद्ध-हिन्दू युवा एकता राष्ट्रिय महासम्मेलन, २०६२द्बारा हालै आयोजति पत्रकार सम्मेलनमा सो कुराको जानकारी दिइएको हो।


सो अवसरमा विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव अनन्तराज पाण्डेले यस किसिमको सम्मेलनले देशमा शान्ति स्थापनामा सहयोग पुग्नुका साथै मित्र राष्ट्रहरुसँगको सम्बन्ध सुमधुर बनाउन मद्दत मिल्ने विश्वास व्यक्त गर्नुभयो। आयोजक संस्थाका सह-अध्यक्ष मुस्कान पौडेलले महासम्मेलनको बारेमा जानकारी गराउँदै शान्तिका लागि विश्वभरि नै कार्यक्रम गर्ने उद्देश्यले नेपालमा महासम्मेलन गर्न लागिएको हो भन्नुभयो।
सम्मेलनमा विश्वका करिव सत्तरी राष्ट्रका बौद्ध धर्मावलम्बीहरू, पैचालिस राष्ट्रका राष्ट्राध्यक्ष र ती राष्ट्रका राष्ट्रिय धर्मगुरुहरूको सहभागिता रहने बताइएको छ।

बारुदी सुरुङ पत्ता लगाउने यन्त्र

तुलसीपुर दाङ
दाङका एक व्यक्तिले नेपालमा पहिलोपटक आफूले बारुदी सुरुङ पत्ता लगाउने यन्त्र निर्माण गरेको दावी गरेका छन् ।
तुलसीपुरस्थित आइडियल बोर्डिरुस्कूलका शिक्षक रमाकान्त शर्माले एक पत्रकार सम्मेलनको आयोजना गरी आफूले निर्माण गरेको यन्त्रको प्रदर्शन तथा त्यसको प्रयोग र निर्माण विधिबारे जानकारी गराउनुभयो ।
वि।सं। २०५७ देखि विभिन्न यन्त्र निर्माण गर्दै आएको बताउँदै उहाँले एरोरु५८ ल्यान्ड माइन्ड डिक्टेटर नाम दिइएको सो प्रविधि नेपालमा पहिलो भएको दावी गर्नुभयो ।
सो यन्त्रले २२ फिट टाढा एक मिटर गहिराईसम्मको बारुदी सुरुङ पत्ता लगाउने शर्माको दावी छ ।
उहाँले सो यन्त्रको कुल निर्माण लागत रु १५ हजार भएको बताउनुभयो ।
आफ्नो प्रविधिबारे रोनास्टमा जानकारी गराउँदा राज्यले कुनै मतलब नगरेको दुःख व्यक्त गर्दै शर्मा राज्यले सहयोग गरेमा त्यस प्रकारको यन्त्रको व्यावसायिक निर्माण सुरुगर्ने बताउनुहुन्छ ।

रासस

March20,2006

तीनथरिका अङ्गहरू भएको जनवार

तीनथरिका अङ्गहरू देखिने एउटा जनावर छ भन्दा अचम्म लाग्न सक्छ तर इलाम बजारमा रहेको एउटा कुकुर यस्तै अनौठो किसिमको छ । कुकुरका कान सुँगुरका जस्ता छन् भने ढाड बाँदरको जस्तो छ । करिब दर्ुइ वर्षघि ताप्लेजुङमा जन्मिएको यो कुकुर नौलो भएकै कारण इलामका सोनाम यल्मु शर्ेपाले ल्याएका हुन् । झट्ट हर्ेदा यो कुकुर, सुँगुर र बाँदर जस्तो देखिन्छ । एउटै जनावरमा तीन जनावरको स्वरूप देखिएकाले सुँगुर, कुकुर र बाँदरका सुरुका अक्षरबाट यसको नाम पनि ‘सुकुवा’ राखिएको छ । कुकुरबाटै जन्मिएको भए पनि ‘सुकुवा’ को पुच्छर ढाडमाथि रहेको छ । पुच्छर अन्य कुकुरको झैं लामो भने छैन । बजारमै रहेको नौलो प्रकृतिको कुकुर हर्ेन दिनहुँ मानिसहरू आउने गर्दछन् । कतिपयले त सुकुवाको फोटोसमेत खिच्ने र खरिदका लागि आग्रह समेत गर्ने गरेको सुजन देवान बताउँदछन् । पाँचहजार रुपियाँ दिँदासमेत सुकुवा नदिएको देवानले बताए ।

अन्य कुकुरको भन्दा लगभग सबै अङ्गहरू फरक प्रकृतिको रहेको सुकुवाका खुट्टाहरू पनि कुकुर र बाँदरको मिश्रण जस्तै देखिन्छन् । सुकुवाको भुकाइ पनि अन्य कुकुरको जस्तो नभएको सुजन देवानले बताए । सुकुवा जन्माउने माउले सुकुवा भन्दा अघि र पछि यस्ता सन्तान भने नजन्माएको बताइन्छ तर इलामकै बिग्ल्याँटेमा जन्मिएको अर्को एउटा कुकुर पनि अनौठैखालको भएको बरवोटेका रमेश गुरुङ बताउँछन् । बरबोटेको सुकुवा भने चोरी भएको उनले बताए ।

March11,2006

नेपालीलाई रोजगारी दिन कोरियालाई पत्र

काठमाडौ
सन् २००६ को प्रशिक्षार्थी कामदार कोटा चाँडै उपलब्ध गराउन दक्षिण कोरियालाई सरकारले पत्र लेखेको छ । श्रम तथा यातायात ब्यवस्था मन्त्रालयका सह-सचिव उद्धवप्रसाद बाँस्कोटाका अनुसार, दक्षिण कोरियाको सरकार र कोरियाली साना तथा मझौला उधोग महासंघ-(KFSB)लाई केही दिन अघि सो अनुरोध सहितको पत्र लेखिएको हो । सन् २००५ मा दक्षिण कोरियाबाट दुइ सय पाँच जना नेपालीलाई प्रशिक्षार्थी कामदारका रुपमा लिने पत्र आउन ढिला भएका कारण सरकारले यसरी पत्र लेखेको हो । गत वर्ष नेपाललाई प्राप्त दुइ सय पाँच जनाको कोटा मुनड्रप्स ओभरसिजले निकै लामो विवादपछि पाएको थियो । मुनड्रप्स ओभरसिजले गत वर्ष प्राप्त कोटाका प्रशिक्षार्थी कामदारलाई अहिलेसम्म पठाइरहेको छ । दक्षिण कोरियालाई यो वर्ष चार पटक त्यस्तो पत्र लेखिएको जानकारी बास्कोटाले दिनुभयो ।

यता श्रम तथा रोजगार प्रवर्द्धन विभागले गएको माघ महिनामा १५ हजार सात सय १४ जनालाई वैदेशिक रोजगारीका लागि पूर्व स्वीकृति प्रदान गरेको छ । आठ मुलुकमध्ये वैदेशिक रोजगारीका लागि सबै भन्दा बढी कतारका लागि पाँच हजार सात सय ९७ जना , मलेशियाका लागि सात हजार ६ सय ८८ जना र हङकङका लागि १५ जनाले मात्र स्वीकृति पाएका छन । ती दुइ मुलुकबाहेक साउदी अरब, कुवेत, इजरायल, युएइ, क्यानाडामा वैदेशिक रोजगारीका लागि विभागले स्वीकृति दिएको छ ।

March10,2006

तीन लाख ३२ हजार १८१ परीक्षार्थी एसएलसी परीक्षामा सम्मिलित हुने

काठमान्‍डौ
यस वर्षको प्रवेशिका (एसएलसी) परीक्षामा अधिराज्यभरिका तीन लाख ३२ हजार १८१ परीक्षार्थी सम्मिलित हुने भएका छन् । सो सङ्ख्या गत वर्षो तुलनामा १८ हजार ९६५ ले बढी छ । परीक्षा नियन्त्रण कार्यालयका जानकारी अनुसार आगामी चैत १४ गतेदेखि सुरु हुने उक्त परीक्षामा नियमिततर्फदर्ुइ लाख ६० हजार ४७ जना र एक्जामटेडतर्फ७२ हजार १३४ जना परीक्षार्थी रहेका छन् । परीक्षा चैत २३ गतेसम्म सञ्चालन हुनेछ । परीक्षाका लागि यस पटक ९९४ वटा परीक्षाकेन्द्र्र निर्धारण गरिएको छ । त्यसैगरी परीक्षाका लागि ९९४ जना केन्द्राध्यक्ष, एक हजार ९८८ जना सहायक केन्द्राध्यक्ष, १६ हजार ६०९ निरीक्षक तथा १४ हजार ९१० सुरक्षाकर्मी खटाइने भएको छ । परीक्षा नियन्त्रक गजेन्द्रलाल प्रधानले यसपटक परीक्षार्थीहरूको सङ्ख्या बढ्नुमा एसएलसी ल्याकत परीक्षा (सेन्टअप)मा बढी विद्यार्थी उत्तर्ीण्ा भएका कारण हुनसक्ने बताउनुभयो । यसपटकको एसएलसी परीक्षामा सबैभन्दा बढी परीक्षार्थी काठमाडौँका २४ हजार ४२६ जना र सबैभन्दा कम मुस्ताङका ७३ जना रहेका छन् । यसैगरी नियमिततर्फसबैभन्दा बढी काठमाडौँका २३ हजार २६ परीक्षार्थी सम्मिलित हुनेछन् भने एक्जाम्टेडतर्फसबैभन्दा बढी मोरङका चार हजार ३६२ जना सहभागी हुने पनिकाले जनाएको छ । यसपालि ललितपुरबाट भने एक्जाम्टेडतर्फएकजना परीक्षार्थी पनि छैनन् ।
परीक्षामा मनाङ, मुस्ताङ र डोल्पा जिल्लामा एक/एकवटा तथा हुम्ला र मुगु जिल्लामा दर्ुइ/दर्ुइवटा परीक्षाकेन्द्र निर्धारण गरिएको छ । सबैभन्दा बढी परीक्षाकेन्द्र काठमाडौँमा ५६ वटा राखिएको छ । यसपालिदेखि एसएलसी परीक्षाको सम्पर्ूण्ा प्रश्नपत्र छपाइ नेपालमा नै गर्न सुरु गरिएको छ । विगतमा प्रश्नपत्र भारतबाट छपाएर ल्याइन्थ्यो ।

March7,2006

मोबाइल मर्मत राम्रो आम्दानी

नयाँसडकमा मोबाइल मर्मत केन्द्र खोलेर बसेकी सुनितालाई अचेल भ्याइनभ्याइ छ । हरेक दिन मोबाइल मर्मत गराउन आउने उपभोक्ताहरूको सङ्ख्या हृवात्तै बढेकोले उहाँको व्यस्तता बढेको हो । बेलाबेलामा फोन गरिरहनुपर्ने हुनाले मोबाइल हातमै बोक्नर्ुपर्छ । कुनै बेला भुइँमा खसेर त कहिले यात्राको बेला ठोक्किएर ब्रि्रन बेर लाग्दैन । नेपाल टेलिकमको एक तथ्याङ्कअनुसार करिव तीन लाख नेपालीको हातमा अहिले मोबाइल पुगिसकेको छ । निजी क्षेत्रको मोबाइल कम्पनी ‘मेरो मोबाइल’ लिनेहरूको सङ्ख्या बढेको छ । यसै अवसरको मौका उठाएर राजधानीमा खुलेका मोबाइल मर्मत तथा तालिम केन्द्रहरूले सयौं युवायुवतीलाई तालिम प्रदान गरिरहेका छन् । राम्रो संस्थाबाट तालिम लिएका दक्ष प्राविधिकहरूले रोजगारीको अवसरसमेत पाएका छन् । पाँच सात हजार तिरेर किनेको सेलुलर मोबाइल काम नलाग्ने भएपछि मर्मत गर्ने ठाउँको खोजी गर्दै आउने उपभोक्ताहरूको सङ्ख्या काठमाडौंमा मात्र होइन, मोबाइल सञ्चालन भएका अन्य सहरहरूमा पनि बढ्दै गइरहेको मोबाइलका प्राविधिकहरू बताउँछन् । मोबाइल सेटको व्यापार गर्ने व्यापारीहरूसँगै अहिले मर्मतकर्ताहरूको आम्दानी पनि बढेको छ । (more…)

February18,2006

नेपाली विन्डोज सफ्टवेयरको प्रयोगमा कमी

काठमाडौ
नेपाली भाषामा पनि कम्प्युटर चलाउन सक्ने गरी नेपालीनक्स र नेपाली विन्डोज सफ्टवेयर तयार पारिए पनि त्यसको प्रयोगमा भने अझै आममानिस त्यति इच्छुक नभएको पाइएको छ । अङ्ग्रेजी भाषा नजान्नेहरूका लागि पनि नेपाली भाषामा सम्पर्ूण्ा काम गर्न सक्ने गरी तयार गरिएका नेपालीनक्स र नेपाली विन्डोज सफ्टवेयरबारे छलफल गर्न आज आयोजित एक कार्यक्रममा सो कुरा बताइएको हो । यस्ता सफ्टवयरको विकासले पत्रपत्रिका तथा उद्योग व्यवसाय र कार्यालयमा धेरै काम लिनेसक्ने भए पनि यस्ता सफ्टवेयर र्सार्वजनिक गरिएको दर्ुइ महिना बितिसक्दा पनि यसको प्रयोगमा धेरैको सहभागी हुन नसकेको बताइयो । सूचना प्रविधि उच्चस्तरीय आयोग तथा सूचना प्रविधिमा नेपाली भाषा निर्देशन समितिद्वारा आयोजित सो कार्यक्रममा बोल्दै सूचना प्रविधि उच्चस्तरीय आयोगका पर्ूण्ाकालीन सदस्य डम्बरबहादुर खड्काले आमनेपालीमा सूचना प्रविधिको पहुँच वृद्धि गर्न यस किसिमको नेपालीकरण प्रक्रिया थालनी गरिएको बताउनुभयो । सो अवसरमा अन लिमिटेड न्यु मिडियाका आलेन तुलाधरले अहिले सूचना प्रविधिले दिनदिनै फड्को मारिएको अवस्थामा आमनेपालीले यसबाट फाइदा लिन सकून् भन्ने उद्देश्यले यस्ता सफ्टवेयर विकास गरिएको बताउनुभयो । सो कार्यक्रममा मदन पुरस्कार पुस्तकालयका तर्फाट केदार शर्माले नेपालीनक्सको उपयोगका विविध पक्षमा बोल्नु भएको थियो

February7,2006

वैकल्पिक ऊर्जा स्रोतको विकासमा ध्यान दिनुपर्ने खाँचो

राष्ट्रिय योजना आयोगका सदस्य डा. राजेन्द्र सुवालले ऊर्जाविना देश विकास हुन नसक्ने भएकाले स्थानीय स्तरमा उपलब्ध हुनसक्ने सस्तो र सुलभ ऊर्जाको विकासमा जोड दिनुपर्ने कुरा वताउनुभएको छ।
इन्जिनीयरिङ अध्ययन संस्थान, ऊर्जा अध्ययन केन्द्रको सातौं वाषिर्कोत्सवका अवसरमा पाटनमा आयोजित कार्यक्रममा बोल्दै उहाँले आयातित इन्धनमाथिको निर्भरता कम गर्न र लोड सेडिङबाट मुक्ति पाउन वैकल्पिक ऊर्जा स्रोतको विकासमा ध्यान दिनुपर्ने खाँचो औँल्याउनुभयो।
ऊर्जा अध्ययन केन्द्रका निर्देशक प्रा.जगन्नाथ श्रेष्ठले केन्द्रले सौर्य-शक्ति, वायु-शक्ति, बायो-ग्याँस, लघु जल-विद्युत र हाइड्रोजनको क्षेत्रमा विभिन्न अध्ययन गरिरहेको जानकारी दिंदै स्वदेशभित्र जैविक इन्धन उत्पादन गरी खनिज इन्धनलाई प्रतिस्थापन गर्नसकिने धारणा व्यक्त गर्नुभयो।
कार्यक्रममा संस्थानका डिन प्रा.डा.रामकृष्ण पौडेलले नवीकरणीय ऊर्जा प्रविधिको विकास र विस्तारमा केन्द्रले पुर्‍याएको योगदानको चर्चा गर्नुभएको थियो ।

January27,2006

त्रिवेणी महोत्सव आजदेखि

परासी,
यहाँको पर्यटकीय गाउँ त्रिवेणीमा पहिलो पटक पर्यटन महोत्सव आयोजना गरिने भएको छ । माघ १४ देखि १८ सम्म त्रिवेणीधाममा महोत्सव आयोजना गर्न लागिएको हो ।
त्रिवेणी गाउँ विकास समिति र उद्योग वाणिज्य संघ नवलपरासीले संयुक्त रूपमा महोत्सव आयोजना गरेका हुन् । सह आयोजकमा जिल्ला विकास समिति लगायत ६ वटा संघ-संस्था छन् । महोत्सव सफल पार्न मोतीलाल उपाध्यायको संयोजकत्वमा ३५ सदस्यीय मूलसमिति तयारीमा जुटेको छ ㅣ

स्वर्णभद्रा, पूर्णभद्रा र नारायणी नदीको संगमे त्रिवेणी क्ष्ाेत्र धार्मिक आस्थाको केन्द्र पनि मानिन्छ । यो क्ष्ाेत्र सीताजीको कल्पवास, लवकुशको जन्मस्थल, वाल्मीकि ऋषिको तपोभूमि हो । समितिका सदस्य रामप्रसाद अर्यालका अनुसार महोत्सवमा स्थानीय भोजपुरी संस्कृति, दोहोरी गीत, एकांकी, हिन्दी पपगीत पनि राखिएका छन् । सीमावर्ती क्ष्ाेत्रमा भएकाले भारतबाट पनि ठूलो मात्रामा पर्यटक भित्र्याउने योजना आयोजकले राखेका छन् ।

आयोडिनयुक्त नुन खुवाउने उत्कृष्ट पाँच राष्ट्रमा नेपाल

काठमाडौं ।
मुलुकभरिका जनतालाई आयोडिनयुक्त नुन खुवाउने अभियानमा साल्ट ट्रेडिङ लिमिटेड प्रतिबद्ध रहँदै आएको संस्थानका प्रमुख कार्यकारी अधिकृत परमेश्वर महासेठले बताउनुभएको छ । ‘आयोनुन औषधीको गुन’ भन्ने नाराका साथ भारत सरकारको सहयोगमा सञ्चालित ‘आयोडिनको कमीबाट हुने विकृति निवारण योजना’ अर्न्तर्गत दुई बालबालिकाको चिह्न भएको प्याकेटको नुनमात्र प्रयोग गर्न साल्ट ट्रेडिङले जनचेतनामूलक अभियान सञ्चालन गर्दै आएको छ ।

‘भारत सरकारको सहयोगमा कुष्ठरोग उन्मूलन आयोजनाअर्न्तर्गत हरेक वर्षआयोडिनयुक्त नुन खुवाउने प्रबन्धनात्मक कार्यक्रम हुँदै आएको छ’- प्रमुख कार्यकारी महासेठले भन्नुभयो । उहाँका अनुसार साल्ट ट्रेडिङको प्रयासले नेपाल विश्वमै आयोडिनयुक्त नुन खुवाउने उत्कृष्ट पाँच राष्ट्रमा परेको छ । उक्त योजना साल्ट ट्रेडिङले अत्यन्तै प्रभावकारी किसिमले सञ्चालन गर्दै आएकोले भारत सरकारले सहयोगलाई निरन्तरता प्रदान गर्ने भएको छ । प्राप्त जानकारीअनुसार श्री ५ को सरकार र भारत सरकारबीच यसका लागि थप एक वर्षो सम्झौता हुने निश्चितप्रायः भएको छ ।




  • नेपाली भिडियो

  • माथि(मुख्य पृष्ठ)
  • --Next page-->> 2 3 4 5 6 7




















    Get free blog up and running in minutes with Blogsome
    Theme designed by Riosoft

  • माथि
  • Free Hit Counter