विकाशको डायरी

Google
नेपाली समय

July14,2006

माओवादी द्वारा यातना

Filed under: समाचार

माओवादी कार्यकर्ताले दिएको यातनबाट रुपन्देही, देबदह–७ घोडाहका रामु मल्लले मानसिक सन्तुलन गुमाएका छन्। उनलाई भैरहवास्थित मेडिकल कलेजमा उपचार भइरहेको छ।

बहुविवाह गरेको आरोपमा मल्ललाई ७ असारमा घरबाट लगि ३ दिन जंगलमा राखेर कुटेका थिए। उनको शरीर भरि निलाडाम छन्। ‘माओवादीले कुटेर मानसिक सन्तुलन बिग्रको समाचार प्रकाशमा आएमा घरपरिवार सखाप पार्ने चेतावनी माओवादीले दिएकोले खबर नगरेको’ मल्लकी आमा विष्णुकुमारीले रुदै सुनाईन। उक्त खबर थाहाँ पाएपछि पत्रकारहरु आफै भैरहवास्थित मेडिकल कलेजमा पुगेका थिए।

“घर जाने कुरा गर्दा रामु बेहोस हुन्छ,” उनले भनिन्, “बुटबल र भैरहवामा उपचार असंभव भएपनि पैसाको अभावमा वाहिर लग्न सकेकी छैन।” रुपन्देहीका माओवादी सेक्रेटरी माधवले भने पत्रकार सँग रुपन्देहीमा जनअदालत नभएको र उक्त घट्नामा कस्को संलग्नता थियो भन्ने वारे पनि जनकारी नभएको बताएका छन्। उनले आफ्नो पार्टीको कार्यकर्ताको संलग्नता भए कारवाही गर्ने जानकारी पनि दिएका छन्।

हिमालखबर बाट

July3,2006

प्रधानमन्त्री अस्वस्थ गंगालाल हृदय रोग केन्द्रमा भर्ना

Filed under: समाचार

प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला सोमबार साँझ अचानक अस्वस्थ हुनु भएपछि उहाँलाई राति नै गंगालाल हृदय रोग केन्द्रमा भर्ना गरिएको छ।
उहाँ थाइल्याण्डको बैंककमा उपचार गराएर आउनुभएपछि केही स्वस्थ हुनु भएको थियो । यसअघि प्रतिनिधिसभाको घोषणाअनुसार सपथ खाने कार्यक्रममा समेत उहाँ अस्वास्थताकै कारण उपस्थित हुन सक्नु भएको थियो । त्यसैगरी उहाँ प्रधानमन्त्री नियुक्त भएलगत्तैको राजाबाट सपथ लिने कार्यक्रममा समेत निकै दिनपछि मात्र उपस्थित हुनु भएको थियो । आज बसेको मन्त्रिपरिषद बैठकमा सहभागी प्रधानमन्त्री कोइराला साँझ अचानक अस्वस्थ हुनु भएको हो ।
भोलि प्रधानमन्त्री कोइरालाले प्रतिनिधिसभामा नेपाल सरकारको वाषिर्क नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तय भएको थियो । साथै प्रधानमन्त्री कोइराला र मन्त्रिपरिषदका सदस्यहरुले समेत मंगलबार नै सपथ लिने कार्यक्रम थियो ।

June22,2006

सरकारलाई कोरियाले कोटा दिन मानेन

Filed under: समाचार

काठ्मान्डौ
प्रशिक्षार्थी कामदार पठाउन सरकारले माग गरेको कोटालाई कोरियाले अस्वीकार गरेको छ । श्रम तथा यातायात व्यवस्था मन्त्रालयका उच्च अधिकारीका अनुसार कोरिया साना तथा मझौला उद्येाग महासंघ -केएफएसबी) ले एक पत्रमार्फत सरकारलाइ कोटा दिन नमिल्ने जानकारी दिएको हो । प्रशिक्षार्थी कामदार पठाउने आधिकारिक कम्पनी मुनड्रप्सले अनियमितता गरेको आरोप लगाउँदै सरकारले एक पटककका लागि कोटा माग गरेको थियो ।
‘मुनड्रप्सको कामदार छनोट प्रक्रिया पारदर्शी नलागेकाले सरकारलाइ कोटा देउ भनेका थियौं,’ उनले भने- ‘तर उनीहरूले मानेनन् ।’ उनका अनुसार कामदार आदान-प्रदान निजी कम्पनीको सम्झौता भएकाले सरकारले हस्तक्षेप गर्न नमिल्ने कोरियाली पक्षले जनाएको छ । ‘पत्रमा हाम्रो नियमअनुसार मिल्दैन भनिएको छ,’ उनले भने । आधिकारिक कम्पनी मुनड्रप्सलाई सरकारले खारेज गरेको हो भने कोटा अन्य राष्ट्रलाइ दिने सम्भावनाको उल्लेख पत्रमा भएको उनको दाबी छ । जवाफमा सरकारले अदालती कारबाहीको पछिल्लो अवस्थाको जानकारीसहित कोटा कायम राख्न आग्रहका साथ पत्र पठाएको छ । ‘हामीले मुनड्रप्सलाई निलम्बनमात्र गरेका हौं खारेज होइन, यसैले कोरियासँग समय मागेका छौंै,’ उनले भने । उनका अनुसार सरकारले यस्तो बेहोराको पत्र केएफएसबीलाई पठाएको हो । (more…)

June20,2006

अस्पताल कर्मचारीहरूको महाधिवेशन हुने

Filed under: समाचार

नेपाल अधिराज्यभर रहेका अञ्चल अस्पताल र केही जिल्ला अस्पतालमा कार्यरत कर्मचारीहरूको यही असार ७, ८ र ९ गते प्रथम राष्ट्रिय महाधिवेशन बुटवलमा हुने भएको छ । महाधिवेशनमा अधिराज्यभरका झण्डै २ सय प्रतिनिधिहरू सहभागी हुने आयोजकहरूले जनाएका छन् ।

महाधिवेशनमा १४ अञ्चल अस्पताल र १५ जिल्ला अस्पतालका कर्मचारीहरूको सहभागिता रहनेछ । लुम्बिनी अञ्चल अस्पताल विकास समिति कर्मचारी राष्ट्रिय महाधिवेशन मूल तयारी समितिले आइतबार पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी महाधिवेशनबाट विकास समिति नियमावली पारित गरी बुटवल घोषणापत्र समेत जारी गर्ने कार्यक्रम रहेको जनाएको छ ।
त्यस अवसरमा डा. सुरेन्द्र गौचनद्वारा हस्ताक्षरित विज्ञप्तिमा सरकारको द्वैध नीति, भेदभाव, अदूरदर्शीता र ठोस नीतिको अभावका कारण कर्मचारीहरू मर्माहत भएको र अस्पताल विकास समिति गठन आदेश पञ्चायति हुकुमी आदेश जस्तो कानूनका कारण मनपरितन्त्र लागू भएको उल्लेख छ । कर्मचारीहरूले निजामति सेवा र स्वास्थ्य सेवा ऐनको ठाडो उल्लंघन गरेकोसमेत आरोप लगाएका छन् ।

April27,2006

माओवादीको खुलामञ्चमा आमसभा

Filed under: समाचार

भूमिगत विद्रोही नेकपा माओवादीले काठमाडौंको खुलामञ्चमा शुक्रबार आमसभा गर्ने भएको छ। पुनर्स्थापित संसदको पहिलो बैठक बस्ने दिन पारेर माओवादीले खुलामञ्चमा आमसभा गर्न लागेका हुन्।
माओवादी स्रोतका अनुसार आमसभालाई भूमिगत दलका भातृ संगठनका नेताहरुले सम्बोधन गर्नुहुनेछ।
बुधबार मध्यरातमा एकतर्फी रुपमा तीन महिने युद्धविरामको घोषणा गरे लगत्तै माओवादीको खुलाआमसभा गर्ने निर्णय सार्वजनिक भएको हो।
दलका नेताहरुलाई निशर्त संविधानसभाको निर्वाचनका लागि दबाब दिने उद्देश्यले माओवादीले सो खुला कार्यक्रम गर्न लागेको बुझिएको छ।

April26,2006

माओवादी द्वारा तीन महिने युध्द बिरामको घोषणा

एकपक्षीय युद्धविरामको घोषणा

काठमाडौं बैशाख १३
नेपाल कम्युनिष्ट पार्टी माओवादीले तीन महिनाको लागि एकपक्षीय युद्धविराम घोषणा गरेको छ । अध्यक्ष क.प्रचण्डले आज एक प्रेस वक्तव्यमार्फत् त्यस्तो घोषणा गर्नुभएको हो ।

आज अबेर जारी वक्तव्यमा उहाँले भन्नुभएको छ-ूसंविधानसभा र लोकतान्त्रिक गणतन्त्रका लागि चलिरहेको जनसंघर्षलाई निरन्तर उर्जाशील राखी एउटा ऐतिहासिक उपलब्धिमा लगेर टुङ्गयाउने गहिरो जिम्मेवारीबोध जनताको शान्तिको आकंक्षाप्रतिको गहिरो प्रतिबद्धता तथा संसदवादी राजनैतिक दलहरुलाई निसर्त संविधानसभाको घोषणा गर्न प्रेरित गर्ने उद्वेश्य समेतमाथि सचेत बन्दै हाम्रो पार्टीले यसै वक्तव्यमार्फत् आजकै मितिदेखि लागू हुने गरी तीन महिनाका लागि पुनः एकपक्ष्ीाय युद्धविरामको घोषणा गर्दछ । (more…)

April25,2006

नेपाल र प्रजातान्त्रिक कोरियाबीच सूचना सम्बन्धमा सम्झौता

Filed under: समाचार

काठमाडौं
नेपाल र प्रजातान्त्रिक कोरियाबीच सूचना तथा साचारका विविध क्षेत्रमा सहयोग आदानप्रदान गर्ने सम्बन्धमा सम्झौता भएको छ ।
सूचना तथा साचार मन्त्रालयमा आयोजित समारोहमा नेपालको तर्फबाट साचार सचिव कुमारप्रसाद पौडेल र प्रजातान्त्रिक कोरियाका तर्फबाट कोरियाली प्रतिनिधिमण्डलका प्रमुख एवं कोरियाली सूचना समितिका उपाध्यक्ष रि जु क्वानले हस्ताक्षर गर्नुभएको उक्त सम्झौता तीन वर्षसम्म लागु हुनेछ । सम्झौता अनुसार सूचनाको क्षेत्रमा रेडियो टेलिभिजन र पत्रपत्रिका तथा प्रकाशित एवं उत्पादित महत्वपूर्ण सामग्रीका साथै मानव स्रोत विकासका माध्यमबाट दुवै देशबीच आपसी प्रविधि र सहयोग आदान-प्रदान हुनेछ । (more…)

कोइरालालाइ प्रधानमन्त्री

Filed under: समाचार

बुटवल
राजाको शाही घोषणाबाट संसद पुनःस्थापित भएपछि देशका विभिन्न जिल्लाहरुमा विजय जुलुसहरु निस्किरहेका छन् । विराटनगर, झापा, नेपालगञ्ज, पोखरा, बुटवल, पाल्पा, गुल्मी, अर्घाखाँची, नवलपरासी, कपिलवस्तु लगायतका जिल्लाहरुमा मंगलबार विहानैदेखि विजय जुलुसहरु निस्किरहेका छन् । बुटवलका पुष्पलाल चोक, मिडिया चोक, सुख्खानगर, दीपनगर, योगीकुटी, गोलपार्क लगायतका ठाउँहरुमा जुलुसहरु निस्किरहेका छन् ।
राजाको घोषणालाइ दलहरुले स्वागत गरेपनि कायकर्ताहरुले भने संविधान सभाको निर्वाचन नभएसम्म आन्दोलन नरोकिने बताएका छन् । (more…)

April9,2006

‘श्री ५ को’ भन्ने शब्द हटाउने घोषणा

Filed under: समाचार

बुटवल
प्रर्दशनलाइ रोक्नको लागि प्रसाशनले कर्फयु लगाएपनि आज लुम्बिनी अञ्चलको मुख्यकेन्द्र बुटवल तथा भैरहवामा प्रर्दशन भैराखेका छन्। प्रर्दशनहरु ग्रामिणभागमा पनि कर्फयुको अबज्ञा गर्दै निस्केका छन्। कर्फयुको अबज्ञा गर्दै रुपन्देहीको डाइभरटोल देखि निस्केको हजारौ महिला सहभागि रहेको जुलसले अबदेखि श्री ५ को सरकार लेखिएका कुनै पनि कार्यालयलाइ श्री ५ को सरकार नभन्ने भन्दै ‘श्री ५ को’ भन्ने शब्द हटाउने घोषणा गरेको छ। त्यसैक्रममा महिलाहरुले शंकरनगरमा रहेको खानेपानि सँस्थानको कार्यालयमा लेखिएको श्री ५ सरकारलाइ मेटाएर नेपाल सरकार लेखेका छन्। महिलाहरुले देशमा लोकतन्त्र स्थापना नहुन्जेल सम्म र लोकतन्त्रको स्थापना नहुन्जेल स्म्म आफूहरु घरको चुलोचौको छोडेर आन्दोलनमा लाग्ने प्रतिबद्धता ब्यक्त गरेका छन्। त्यसैगरि हजारौ जनतासहमभागि रहेका जुलुसहरुले अहिले चारैतिरबाट बुटवललाइ घेराबन्दी गरेको छ। कर्फयुको अबज्ञा गर्दै निस्कीरहेका जुलुसहरुमा महिला, युवा, बृद्धबृद्धाहरुको पनि सहभागिता रहेको छ। प्रर्दशनलाइ नियन्त्रण गर्नका लागि बुटवलमा सेना परिचालन गरिएको छ। सेनाले सर्बसाधारणका घरघरमा गइ सर्बसाधारणलाइ जर्बजश्ती धम्काउने , कुटपिट गर्ने गरेको छ। सेना परिचालन गरिएपनि ठाँउ ठाँउमा प्रर्दशन भैराखेका छन्।

यता आज भैरहवामा भएको शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले ब्यापक बल प्रयोग गरेको छ। प्रहरीले भैरहवाको बुद्धचोकबाट निस्केको जुलुसमाथि हस्तक्षेप गरि आधा दर्जनलाइ गिरफ्तार गरेको छ। प्रहरीको कुटाइबाट सर्बसाधारण समेत घाइते भएका छन्। प्रहरीले बन्दुकको कुन्दाले हानेर पेशाकमी तिलकराम ज्ञवालीलाइ घाईते बनाएको छ। कर्फयुको अबज्ञा गर्दै आज नेपाल पत्रकार महासंघ रुपन्देहीको अगुवाइमा बुटलमा भएको नागरिक धर्नामा प्रहरीले हस्तक्षेप गरी नेपाल पत्रकार महासंघ रुपन्देहीका सभापति डि आर घिमिरे सहित १४ जनालाइ गिरफ्तार गरेको छ। गिरफ्तारीमा पर्नेहरुमा प्रधायापक सघका केन्द्रीय उपाध्यक्ष गोपाल पाण्डे, पत्रकार कर्णबहादुर कार्की, कमला कुंवर, तथा पेशाकर्मी खगराज शर्मा, नेकपा एमालेका लुम्बिनी अंचल सचिव नेत्र पँन्थी, कमल गौतम जनमोर्चाका चन्द्र बहादुर केसी पुष्कर सापकोटा, लगाएत रहनुभएको छ। प्रहरीको कुटाइबाट पत्रकार दिपेन्द्र कुँवर, दिनेश पाण्डे तथा गोपालराज न्यौपाने घाइते हुनुभएको छ। घाइतेहरुको लुम्बिनी अञ्चल अस्पतालमा उपचार भैरहेको पत्रकार छ।

हिमाल खबरबाट

April2,2006

विज्ञान प्रविधि जनशक्ति नेपालमा करिब २८ हजार

काठमाडौ
नेपालमा हाल विज्ञान प्रविधिसँग सम्बन्धित करिब २८ हजार एकसय जनशक्ति रहेको नेपाल राजकीय विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान रोनाष्टले जनाएको छ ।
नब्बेको दशक यता विज्ञान तथा प्रविधिसँग सम्बन्धित क्याम्पस खुल्ने क्रम तीव्ररुपमा देखिएकाले सन् १९९६ सम्म करिब नौ हजार चारसय जनशक्ति रहेकोमा सो तीनसय गुणाले वृद्धि भई हाल मुलुकमा प्राकृतिक विज्ञानमा स्नातकोत्तर तथा व्यावहारिक विज्ञानतर्फको स्नातकसमेत गरी २८ हजारभन्दा बढी जनशक्ति उत्पादन भएको छ ।
अन्य विषयका तुलनामा विज्ञान तथा प्रविधिका क्षेत्रमा विदेशमा गई उच्च शिक्षा हासिल गर्ने अवसर अत्यधिक रहेको र हालसम्म स्वदेशमै पनि रोजगारीको प्रसस्त सम्भावना भएकाले पछिल्ला वर्षहरुमा यसक्षेत्रको अध्ययन अनुसन्धानमा आकर्षण बढेको छ ।


रोनाष्टमार्फत प्रोत्साहनस्वरुप साचालित युवा वैज्ञानिकहरुलाई अनुसन्धान सहायक वृत्ति प्रदानका साथै प्रतिभा सम्मान कार्यक्रमले पनि केही हदसम्म यसक्षेत्रमा आकषर्ण बढाएको छ ।
रोनाष्टका उपकुलपति प्रा.डा. दयानन्द बज्राचार्य आफ्नो आठ वर्षे कार्यकाल सम्पन्न हुन लागिरहेको अवसर पारी आज उहाँकै कार्यकक्षमा आयोजित कार्यक्रममा सो जानकारी दिनुभएको हो।
पछिल्लो आठ वर्षमा मात्र आठ महिलासहित ४० अग्रणी प्रतिभा सम्मानित तथा १२६ वैज्ञानिक तथा प्राविधिक पुरस्कृत भएको रोनाष्टले जनाएको छ ।
रोनाष्टले मुलुकका दुरदराजमा समेत पुगेर विज्ञान मेला प्रदर्शनी अन्तर्राष्ट्रिय गोष्ठी हाजिरीजवाफजस्ता विज्ञान प्रविधिसम्बन्धी अभिरुची जगाउने कार्य गरिरहेको रेडियो एफएम टेलिभिजनजस्ता विद्युतीय साचार माध्यमबाट कार्यक्रम साचालन गरिरहेको बताइएको छ ।
मुलुकमा विज्ञान प्रविधि क्षेत्रको दीर्घकालीन विकासमा सघाउ पुर्‍याउने उद्देश्यले २० वर्षे कार्ययोजना सम्बन्धित मन्त्रालयमा पेश गरिएको ग्रामीण एवं जीव प्रविधिसम्बन्धी अवधारणापत्र तयार पारी तत्कालीन विज्ञान तथा प्रविधि मन्त्रालयमा पठाइएको रोनाष्टले जनाएको छ ।
यसैगरी रोनाष्टमा औषधिजन्य बोटबिरुवाको आनुवांशिक तहको अनुसन्धान भूमिगत पानीमा आसे्रनिक प्रदूषणसम्बन्धी अध्ययन विभिन्न स्थानहरुका विकीरण जाँच बिरुवाको अभिलेख राख्ने परियोजना थालनी भइरहेको छ ।
उपकुलपति प्रा।डा।बज्राजार्यले अत्यन्त असहज र चुनौतीपूर्ण अवस्थामा गुजि्ररहेको रोनाष्टलाई सम्बद्ध सबै पक्षको सहयोग र समर्थन जुटाउँदै जीवन्त गतिशील एवं आशा लाग्दो संस्थाका रुपमा विकशित गर्न सक्दो प्रयास गरेको बताउनुभयो ।
संस्थाले गुमाइसकेको १२० रोपनी जग्गामध्ये ८० रोपनी फिर्ता गराई रु पाँच करोड १९ लाखमा भवन निर्माण गरेर रोनाष्टका सम्पूर्ण गतिविधि साचालन गर्दै आएको र आफू आउनु अगाडि भारत तथा इटालीसँग मात्र रिुक्षीय सम्बन्ध कायम भएको रोनाष्टसँग हाल अन्य १२ वटा बाह्य मुलुकका प्रतिष्ठानसँग समेत सम्बन्ध कायम भएको छ भन्नुभयो ।
विज्ञान प्रविधिको विकास एवं विस्तारका लागि २०३९ सालमा स्थापित संस्थामा हाल १२५ कर्मचारी रहेको बताइएको छ ।
वैज्ञानिक अधिकृततर्फ २८ सहायक वैज्ञानिक तथा प्राविधिकतर्फ २० प्रशासनतर्फ १२ अधिकृतसहित ७५ सहित गरी १२५ कर्मचारीहरुरोनाष्टको लक्ष्य हासिल गर्न प्रतिबद्ध रहेको प्रवक्ता डा। दिनेशराज भुजुले जानकारी दिनुभयो ।

रासस

March25,2006

कपिलवस्तुमा सेतो रिवन अभियान

Filed under: समाचार


बुटवल
महिलामाथी हुने सबै प्रकारका िहंसा न्यूनिकरण गर्न शुक्रवार देखी कपिलवस्तुमा सेतो रिवन अभियान शुरुगरिएको छ । <जिल्लाका बिभिन्न संघसंस्थाका प्रतिनिधी राजनितीकर्मि पेशाकर्मी कर्मचारी पत्रकार गरि ७० जनाले सेतो रिवन लगाएर यो अभियान शुरु गरेको थिए ।
सेतो रिवन लगाउनु भनेको पुरुषहरुले महिला बिरुद्ध गर्ने िहंसाका बिरुद्ध पुरुषहरुले नै देखाएको संकेत हो । जनहित संरक्षणमंच युनिफेम र सेभ द चिल्ड्रन स्वीडेनको सहयोगमा साथी नामक गैर सरकारी संस्थाको पहलमा यो अभियान शुरु भएको हो ।
९६औं अन्तराष्ट्रिय नारी दिवसका दिन देखी नेपालमा शुरु गरिएको यो अभियानको नारा महिला बिरुद्धकको िहंसामा शुन्य सहिष्णुता भन्ने रहेको छ ।

March23,2006

बुटवल र भैरहवामा मोवाइल सेटको बिक्री वितरण बढ्दो

Filed under: समाचार


बुटवल
नेपाल टेलिकमले यस क्षेत्रमा पि्रपेड वितरण सुरुगरेपछि मोवाइल सेट विक्री वितरणमा बृद्धि भएको छ ।
यस क्षेत्रको प्रमुख शहरहरु बुटवल र भैरहवामा रहेका मोवाइल विक्रेता पसलदेखि लिएर मोवाइल मर्मत केन्द्रमा मानिसको घुइँचो देख्न सकिन्छ । पि्रपेड वितरणसँगै बुटवल र भैरहवामा मात्र होइन भारतीय सीमाक्षेत्र सुनौली र नौतनवामा पनि मोवाइल सेट किन्न र मर्मत गर्नेको संख्या बढेको छ ।
नेपाल टेलिकमले चैत्र ३ गतेदेखि यस क्षेत्रमा पि्रपेड बाँड्न सुरुगरॆदेखि नै मोवाइल पसहरुमा मानिसको चहल पहलमा वृद्धि भएको थियो । बुटवल र भैरहवामा गरी कुल आठ हजार लाइन वितरण गर्ने योजना अनुरुप टेलिकमले पि्रपेड बाड्न सुरुगरेपछि अहिले दूधवालाले समेत पि्रपेड बोकेको देख्न सकिन्छ । थोरै मूल्यमा पनि उपयोग गर्न सकिनेहुँदा यसको माग दिन प्रतिदन बढेको छ । पि्रपेड मोवाइल वितरणसँगै सेटको मागमा पनि वृद्धि हुनासाथ पछि मोवाइल पसलेहरुअहिले बेफुस्र्रदी बनेका छन् । (more…)




  • नेपाली भिडियो

  • माथि(मुख्य पृष्ठ)
  • --Next page-->> 2 3 4 5 6 7




















    Get free blog up and running in minutes with Blogsome
    Theme designed by Riosoft

  • माथि
  • Free Hit Counter