विकाशको डायरी

Google
नेपाली समय

April26,2006

माओवादी द्वारा तीन महिने युध्द बिरामको घोषणा

एकपक्षीय युद्धविरामको घोषणा

काठमाडौं बैशाख १३
नेपाल कम्युनिष्ट पार्टी माओवादीले तीन महिनाको लागि एकपक्षीय युद्धविराम घोषणा गरेको छ । अध्यक्ष क.प्रचण्डले आज एक प्रेस वक्तव्यमार्फत् त्यस्तो घोषणा गर्नुभएको हो ।

आज अबेर जारी वक्तव्यमा उहाँले भन्नुभएको छ-ूसंविधानसभा र लोकतान्त्रिक गणतन्त्रका लागि चलिरहेको जनसंघर्षलाई निरन्तर उर्जाशील राखी एउटा ऐतिहासिक उपलब्धिमा लगेर टुङ्गयाउने गहिरो जिम्मेवारीबोध जनताको शान्तिको आकंक्षाप्रतिको गहिरो प्रतिबद्धता तथा संसदवादी राजनैतिक दलहरुलाई निसर्त संविधानसभाको घोषणा गर्न प्रेरित गर्ने उद्वेश्य समेतमाथि सचेत बन्दै हाम्रो पार्टीले यसै वक्तव्यमार्फत् आजकै मितिदेखि लागू हुने गरी तीन महिनाका लागि पुनः एकपक्ष्ीाय युद्धविरामको घोषणा गर्दछ । (more…)

April23,2006

शिर्ष नेताहरुले प्रदर्शनको नेतृत्व गर्ने

आइतबार १० बैशाख दिउसो सात राजनीतिक दलद्धारा जारी विज्ञप्ती अनुसार १२ बैशाख दिउसो १२ बजे सात राजनीतिक दलका शिर्ष नेताहरु चक्रपथ घेराउन गर्न सडकमा उत्रने भएका छन् ㅣ
आइतबार बसेको सातदलको आन्दोलन संयोजन समितिको बैठकले चक्रपथ पुरै ढाक्नेगरी १२ गते २० लाख भन्दा बढी जनता उतार्ने घोषणा गरेको छ । (more…)

April22,2006

त्रिभुवनको शालिक तोडफोड

आज बुटबलमा शाही घोषणाको विरोध गर्दै त्यहाँ पनि एकलाख भन्दा बढीको जुलुस निस्क्यो । बुटवलका विभिन्न भागबाट शनिबार बिहानैदेखि जुलुस निस्किएको थियो । प्रदर्शनकारीहरुले गोलपार्कमा रहेको स्वर्गीय राजा त्रिभुवनको शालिक तोडफोड गरि ध्वस्त बनाईदिए भने सडकका ठाउंठाउंमा टायर बालेर शाही घोषणाको विरोध गरिरहे । शुक्रबार राती प्रदर्शनमा संलग्न सातजना आन्दोलनकारीलाई सेनाले कुटपिट गर्दै गिरफ्तार गरी शनिबार बिहान प्रहरीलाई बुझाएको र ती मध्ये केहीको हात भाँचिएको छ भने केहीलाई आंखा र निधारमा गम्भीर चोट लागेको जनाइएको छ । (more…)

April21,2006

शाही घोषणा धोका हो नेताहरु होसियार

सातदललाई प्रधानमन्त्रीको प्रस्ताव राजा ज्ञानेन्द्रबाट आज देश वासीका नाममा शन्देष दिदै १९ माघमा आफुले लिएको जनताको नासो जनतालाई नै फर्काएको हुकुम हुँदै सात राजनीतिक दललाई प्रधानमन्त्रीको नाम सिफारिस गर्न अनुरोध गरिबक्सेको छ। सन्देशमा राजाबाट नयाँ मन्त्री परिषद नवनेसम्म मौजुदा मन्त्रिपरिषदले नै काम गर्ने हुकुम भएको छ।
राजाको शाही घोषणा लगत्तैपछि ठाँउ ठाँउमा शाही घोषणाको विरोधमा विशाल जुलुसहरु निस्केका छन्।
त्यसको लगत्तै ‘शाही घोषणा धोका हो नेताहरु होसियार’ भन्दै जनता अहिले सडकमा निस्केका छन्। कसैले पनि शाही घोषाणालाई सकारात्मक रुपमा लिएका छैनन्। चर्किएको जनलहर मत्थर पारेर दलहरुलाई जालमा पार्ने षडयन्त्रको रुपमा जनताले शाही सम्वोधनलाई लिएका छन्।
राजाको शाहि घोषणा सुन्न यहाँ क्लिक गर्नुस

राजाको सम्बोधन
प्यारा देशबासीहरू,

नेपालीहरूको संयुक्त विवेकको निर्कोल समझदारी र संयुक्त प्रयासबाट शान्ति सुव्यवस्था, सुशासन, भ्रष्टाचार नियन्त्रण र जननिर्वाचित निकायहरूलाई जिवन्त तुल्याएर बहुदलिय प्रजातन्त्रलाई सार्थक अभ्यासमा उन्मुख गराउन हामीबाट तत्कालिन परिस्थितीमा बाध्य भई २०६१ माघ १९ गते कदम चाल्नु परेका कुरा सर्वबिभितै छ। (more…)

सम्पूर्ण नेपालीहरुलाइ अनुरोध


प्रमुख सातराजनीतिक दलको जनआन्दोलन शुक्रबार देशभरि सडक पर््रदर्शन गर्ने उद्घोषण गर्दै आन्दोलनमा आम जनसमुदायलाई उपस्थित हुन आग्रह गरेका छन् । हाल जारी आन्दोलन र आम हड्ताललाई थप अनिश्चितकालसम्म लम्ब्याउने पनि जनआन्दोलन संयोजन समितिको बैठकले निर्णय गरेको छ । सातदलले सोही बैठकमार्फ राज्य दमनलाई अन्तिम प्रहारको संज्ञा दिएका छन् । मुलुकभरि आन्दोलनलाई वृहत रुपमा सञ्चालन गर्न सम्पूर्ण दल, संगठन र संघ-संस्थाहरुका स्थानीय तहलाई सातदलले आब्हान गरेका छन् । राजाको केही ब्यक्तिसंग भएको सम्बादलाई अर्थहिन भन्दै दलहरुले त्यसमा नअल्झीन पनि सम्पूर्ण नेपालीहरुलाइ अनुरोध गरेका छन् ।




  • नेपाली भिडियो

  • माथि(मुख्य पृष्ठ)
  • --Next page-->> 2 3 4 5 6 7




















    Get free blog up and running in minutes with Blogsome
    Theme designed by Riosoft

  • माथि
  • Free Hit Counter