विकाशको डायरी
माओवादी द्वारा यातना
माओवादी कार्यकर्ताले दिएको यातनबाट रुपन्देही, देबदह–७ घोडाहका रामु मल्लले मानसिक सन्तुलन गुमाएका छन्। उनलाई भैरहवास्थित मेडिकल कलेजमा उपचार भइरहेको छ।
बहुविवाह गरेको आरोपमा मल्ललाई ७ असारमा घरबाट लगि ३ दिन जंगलमा राखेर कुटेका थिए। उनको शरीर भरि निलाडाम छन्। ‘माओवादीले कुटेर मानसिक सन्तुलन  बिग्रको समाचार प्रकाशमा आएमा घरपरिवार सखाप पार्ने चेतावनी माओवादीले दिएकोले खबर नगरेको’ मल्लकी आमा विष्णुकुमारीले रुदै सुनाईन। उक्त खबर थाहाँ पाएपछि पत्रकारहरु आफै भैरहवास्थित  मेडिकल कलेजमा पुगेका थिए।
“घर जाने कुरा गर्दा रामु बेहोस हुन्छ,”  उनले भनिन्, “बुटबल र भैरहवामा उपचार असंभव भएपनि पैसाको अभावमा वाहिर लग्न सकेकी छैन।” रुपन्देहीका माओवादी सेक्रेटरी माधवले भने पत्रकार सँग रुपन्देहीमा जनअदालत नभएको र उक्त घट्नामा कस्को संलग्नता थियो भन्ने वारे पनि जनकारी नभएको बताएका छन्। उनले आफ्नो पार्टीको कार्यकर्ताको संलग्नता भए कारवाही गर्ने जानकारी पनि दिएका छन्।
हिमालखबर बाट
उपप्रधानमन्त्री केपी ओली, शपथग्रहण
प्रधानमन्त्री अस्वस्थ गंगालाल हृदय रोग केन्द्रमा भर्ना
उहाँ थाइल्याण्डको बैंककमा उपचार गराएर आउनुभएपछि केही स्वस्थ हुनु भएको थियो । यसअघि प्रतिनिधिसभाको घोषणाअनुसार सपथ खाने कार्यक्रममा समेत उहाँ अस्वास्थताकै कारण उपस्थित हुन सक्नु भएको थियो । त्यसैगरी उहाँ प्रधानमन्त्री नियुक्त भएलगत्तैको राजाबाट सपथ लिने कार्यक्रममा समेत निकै दिनपछि मात्र उपस्थित हुनु भएको थियो । आज बसेको मन्त्रिपरिषद बैठकमा सहभागी प्रधानमन्त्री कोइराला साँझ अचानक अस्वस्थ हुनु भएको हो ।
भोलि प्रधानमन्त्री कोइरालाले प्रतिनिधिसभामा नेपाल सरकारको वाषिर्क नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तय भएको थियो । साथै प्रधानमन्त्री कोइराला र मन्त्रिपरिषदका सदस्यहरुले समेत मंगलबार नै सपथ लिने कार्यक्रम थियो ।
डेविड बेक्कमको राजीनामा
पोरचुगल संग हारेपछि डेविड बेक्कम ले आफ्नो परिवार संग सल्लाह पछि क्यापटेन बाट राजीनामा दिने निर्णय गरेका छन।
२००० को नोभेम्बरमा इटालीसंग को मैत्रि खेल देखी इन्गल्यान्ड को फुट्बल टिमका क्यापटेन भइ यो खेल सम्म आइपुग्दा ५८ पटक अन्तराष्टिय खेल मा क्यापटेनका रुपमा भुमिका निर्बाह गरेका बेक्कमले आइतबार एक पत्रकार सम्मेलन मार्फत उक्त घोषणा गरेका हुन । तत्कालिन कोच तिइराले उनलाइ क्यापटेन बनाएपछि यसपटक कोच एरिकशोनको पालामा पनि उनि नै क्यापटेन थिए। बिश्वकपमा आफ्नो समुह पराजित भयपछि एरिकशोनको ठाउमा नया माकलालेन कोच आउनेभएका छ्न ।
रोनाल्डिन्होको बार्षिक आम्दानी १ करोड ६० लाख पाउण्ड
ब्राजिलका चर्चित खेलाडी रोनाल्डिन्होको बार्षिक आम्दानी १ करोड ६० लाख पाउण्ड रहेको बताईन्छ । फ़्रान्सबाट प्रकाशित हुने एक फूटबल पत्रिकाकाअनुसार फूटबल जगतमा सबैभन्दा बढी आम्दानी गर्ने खेलाडीकारुपमा अहिले उनलाई नै लिईन्छ ।
रोनाल्डिन्हो १९८० मा पोल्ट्रो एलिग्रि गरिब उपनगरिय क्षेत्रमा जन्मिएका थिए । उनको मातृभाषामा रोनाल्डिन्होको अर्थ सानो रोनाल्डो भन्ने लाग्ने बताईन्छ । ब्राजिलकै अर्का सुपर स्टार खेलाडी रोनाल्डोको नामसंग नझुकियोस भनेर सानो रोनाल्डो अर्थ लाग्ने गरी रोनाल्डिन्हो नाम राखिएको बताईन्छ ।
पोल्ट्रोकै एक स्थानिय क्लवको फूटबल टिममा समावेश भई खेल जीवन शुरु गरेका रोनाल्डिन्हो बललाई जादूमय ढंगले नियन्त्रणमा लिनसक्ने र गोल गर्ने बिलक्षण खेल दक्षताका कारण उनको चर्चा अत्यन्तै कम समयमै संसारभर फैलिन पुगेको बताईन्छ । सन् २००२ को बिश्वकप फूटबल खेलमा उनले देखाएको खेल क्षमतापछि त युरोपका ठूला ठूला क्लवहरुबिच आ-आफ़्नो टिममा रोनाल्डिन्होलाई समावेश गर्न होडबाजी नै चलेको थियो ।
सन् २००३ देखि रोनाल्डिन्हो स्पेनको बारसेलोना क्लवमा आबद्ध रही खेल्दै आएका छन् । उनले सन् २००४ र २००५ गरी दुइपटकसम्म बर्षको प्रतिष्ठित खेलाडी अवार्ड प्राप्त गरिसकेका छन् ।
सरकारलाई कोरियाले कोटा दिन मानेन
काठ्मान्डौ
प्रशिक्षार्थी कामदार पठाउन सरकारले माग गरेको कोटालाई कोरियाले अस्वीकार गरेको छ । श्रम तथा यातायात व्यवस्था मन्त्रालयका उच्च अधिकारीका अनुसार कोरिया साना तथा मझौला उद्येाग महासंघ -केएफएसबी) ले एक पत्रमार्फत सरकारलाइ कोटा दिन नमिल्ने जानकारी दिएको हो । प्रशिक्षार्थी कामदार पठाउने आधिकारिक कम्पनी मुनड्रप्सले अनियमितता गरेको आरोप लगाउँदै सरकारले एक पटककका लागि कोटा माग गरेको थियो ।
‘मुनड्रप्सको कामदार छनोट प्रक्रिया पारदर्शी नलागेकाले सरकारलाइ कोटा देउ भनेका थियौं,’ उनले भने- ‘तर उनीहरूले मानेनन् ।’ उनका अनुसार कामदार आदान-प्रदान निजी कम्पनीको सम्झौता भएकाले सरकारले हस्तक्षेप गर्न नमिल्ने कोरियाली पक्षले जनाएको छ । ‘पत्रमा हाम्रो नियमअनुसार मिल्दैन भनिएको छ,’ उनले भने । आधिकारिक कम्पनी मुनड्रप्सलाई सरकारले खारेज गरेको हो भने कोटा अन्य राष्ट्रलाइ दिने सम्भावनाको उल्लेख पत्रमा भएको उनको दाबी छ । जवाफमा सरकारले अदालती कारबाहीको पछिल्लो अवस्थाको जानकारीसहित कोटा कायम राख्न आग्रहका साथ पत्र पठाएको छ । ‘हामीले मुनड्रप्सलाई निलम्बनमात्र गरेका हौं खारेज होइन, यसैले कोरियासँग समय मागेका छौंै,’ उनले भने । उनका अनुसार सरकारले यस्तो बेहोराको पत्र केएफएसबीलाई पठाएको हो ।
आधिकारिक कम्पनी मुनड्रप्सको छनोट प्रक्रियामा अनियमितता भेटिएको दाबी गर्दै सरकारले हस्तक्षेप गरेपछि कामदार पठाउने कुरा विवादास्पद बनेको छ । मुनड्रप्सले सरकारको निर्देशन नमानेको, अदालतको फैसलालाई बेवास्ता गरेको अनि सही ढंगले सूचना सम्प्रेषण नगरेको आरोप सरकारले लगाएको थियो । आकर्षक रोजगार गन्तव्यको रूपमा रहेको कोरियामा प्रशिक्षार्थी कामदार पठाउने कुरा पटक-पटक विवादास्पद बन्दै आएको छ । यस क्रममा लुम्बिनी ओभरसिज खारेज भएको छ ।
केही साताअघि मन्त्रिपरिषद्को बैठकले प्रशिक्षार्थी कामदार पठाउने विषयमा सम्पूर्ण अधिकार श्रम मन्त्रालयलाई दिएको थियो । यसअनुसार मन्त्रालयले कामदार पठाउने पहल सुरु गरेको थियो ।
kornepal-बाट
अस्पताल कर्मचारीहरूको महाधिवेशन हुने
नेपाल अधिराज्यभर रहेका अञ्चल अस्पताल र केही जिल्ला अस्पतालमा कार्यरत कर्मचारीहरूको यही असार ७, ८ र ९ गते प्रथम राष्ट्रिय महाधिवेशन  बुटवलमा हुने भएको छ ।  महाधिवेशनमा अधिराज्यभरका झण्डै २ सय प्रतिनिधिहरू सहभागी हुने आयोजकहरूले जनाएका छन् ।
महाधिवेशनमा १४ अञ्चल अस्पताल र १५ जिल्ला अस्पतालका कर्मचारीहरूको सहभागिता रहनेछ । लुम्बिनी अञ्चल अस्पताल विकास समिति कर्मचारी राष्ट्रिय महाधिवेशन मूल तयारी समितिले आइतबार पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी महाधिवेशनबाट विकास समिति नियमावली पारित गरी बुटवल घोषणापत्र समेत जारी गर्ने कार्यक्रम रहेको जनाएको छ ।
त्यस अवसरमा डा. सुरेन्द्र गौचनद्वारा हस्ताक्षरित विज्ञप्तिमा सरकारको द्वैध नीति, भेदभाव, अदूरदर्शीता र ठोस नीतिको अभावका कारण कर्मचारीहरू मर्माहत भएको र अस्पताल विकास समिति गठन आदेश पञ्चायति हुकुमी आदेश जस्तो कानूनका कारण मनपरितन्त्र लागू भएको उल्लेख छ । कर्मचारीहरूले निजामति सेवा र स्वास्थ्य सेवा ऐनको ठाडो उल्लंघन गरेकोसमेत आरोप लगाएका छन् ।
म्युजिक भिडियो
केहि म्युजिक भिडियोहरु राखेको छु हेर्न लाइ यहाँ क्लिक् गर्नुहोला
माओवादीको खुलामञ्चमा आमसभा
भूमिगत विद्रोही नेकपा माओवादीले काठमाडौंको खुलामञ्चमा शुक्रबार आमसभा गर्ने भएको छ। पुनर्स्थापित संसदको पहिलो बैठक बस्ने दिन पारेर माओवादीले खुलामञ्चमा आमसभा गर्न लागेका हुन्।
माओवादी स्रोतका अनुसार आमसभालाई भूमिगत दलका भातृ संगठनका नेताहरुले सम्बोधन गर्नुहुनेछ।
बुधबार मध्यरातमा एकतर्फी रुपमा तीन महिने युद्धविरामको घोषणा गरे लगत्तै माओवादीको खुलाआमसभा गर्ने निर्णय सार्वजनिक भएको हो।
दलका नेताहरुलाई निशर्त संविधानसभाको निर्वाचनका लागि दबाब दिने उद्देश्यले माओवादीले सो खुला कार्यक्रम गर्न लागेको बुझिएको छ।
माओवादी द्वारा तीन महिने युध्द बिरामको घोषणा
एकपक्षीय युद्धविरामको घोषणा
काठमाडौं बैशाख १३
नेपाल कम्युनिष्ट पार्टी माओवादीले तीन महिनाको लागि एकपक्षीय युद्धविराम घोषणा गरेको छ । अध्यक्ष क.प्रचण्डले आज एक प्रेस वक्तव्यमार्फत् त्यस्तो घोषणा गर्नुभएको हो ।
आज अबेर जारी वक्तव्यमा उहाँले भन्नुभएको छ-ूसंविधानसभा र लोकतान्त्रिक गणतन्त्रका लागि चलिरहेको जनसंघर्षलाई निरन्तर उर्जाशील राखी एउटा ऐतिहासिक उपलब्धिमा लगेर टुङ्गयाउने गहिरो जिम्मेवारीबोध जनताको शान्तिको आकंक्षाप्रतिको गहिरो प्रतिबद्धता तथा संसदवादी राजनैतिक दलहरुलाई निसर्त संविधानसभाको घोषणा गर्न प्रेरित गर्ने उद्वेश्य समेतमाथि सचेत बन्दै हाम्रो पार्टीले यसै वक्तव्यमार्फत् आजकै मितिदेखि लागू हुने गरी तीन महिनाका लागि पुनः एकपक्ष्ीाय युद्धविरामको घोषणा गर्दछ ।
नेपाल कम्युनिष्ट पार्टी माओवादी
केन्द्रीय समिति
प्रेस वक्तव्य
लोकतन्त्र शान्ति र अग्रगमनका लागि हाम्रो पार्टीले सात संसदवादी राजनैतिक दलहरुसंग १२-बुँदे समझदारी कायम गर्न तथा समझदारी अनुसार शान्तिपूर्ण जनसंघर्षमा समेत सकि्रय पहल लिएको कुरा सर्वविदितै छ । समझदारी र संघर्षमा भइरहेको संयुक्त पहललाई विश्वास गरेर नै सडकमा जनसमुदायले जनसंघर्षकै इतिहासमा वीरता र सिर्जनशीलताको नयाँ इतिहास रचना गर् यो । निशर्त संविधानसभा र गणतन्त्र जनसंघर्षको प्रमुख नारा र आदर्श बन्न पुगेको कुरा दिनको घाम जत्तिकै छर्लङ्ग छ । नेपालको इतिहासमा मात्र नभएर विश्व इतिहासमा समेत स्वर्णिम अक्षरमा लेखिने वर्तमान जनसंघर्ष निरंकुशतन्त्रका विरुद्ध सशस्त्र र शान्तिपूर्ण संघर्षको विशिष्ट संश्लेषणका रुपमा अगाडि आएको छ । यो विशिष्टताको गहन अध्ययन विश्लेषण र संश्लेषणको प्रकि्रया वौद्धिक र आम जनताका बीचमा समेत लामो समयसम्म चलिरहेको छ ।
तर अहिले यसलाई सात दलको मात्र संघर्ष भए जस्तो गरी कथित संसदको पूर्नस्थापनाद्वारा जनताले इतिहासमा प्रदर्शन गरेको महान् संश्लेषण र आदर्शलाई अवमूल्यन गर्ने भयानक प्रयत्नहरु भइरहेका छन् । जनसंघर्षको एक प्रमुख शक्ति ने।s।पा।माओवादी लाई संवोधन नै नगरी भएको कथित घोषणा र संझौताभित्र नेपाल र नेपाली जनताको लोकतन्त्र शान्ति र अग्रगमनको महान् पहल र आंकाक्षाका विरुद्ध गंभीर षडयन्त्रका तानाबाना लुकेको कुरा स्पष्ट बुझ्न सकिन्छ ।
हाम्रो पार्टी नेपाल र नेपाली जनताको आधुनिक गणतान्त्रिक चेतनाका विरुद्ध हुने सबै प्रकारका षडयन्त्रसँग जस्तो सुकै मोर्चामा रहेर पनि प्रतिरोध गर्न कहिल्यै पछि पर्ने छैन । अहिले संविधानसभा र लोकतान्त्रिक गणतन्त्रका लागि चलिरहेको जनसंघर्षलाई निरन्तर उर्जाशील राखी एउटा ऐतिहासिक उपलब्धिमा लगेर टुङ्गयाउने गहिरो जिम्मेवारीबोध जनताको शान्तिको आकंक्षाप्रतिको गहिरो प्रतिबद्धता तथा संसदवादी राजनैतिक दलहरुलाई निसर्त संविधानसभाको घोषणा गर्न प्रेरित गर्ने उद्वेश्य समेतमाथि सचेत बन्दै हाम्रो पार्टीले यसै वक्तव्यमार्फत् आजकै मितिदेखि लागू हुने गरी तीन महिनाका लागि पुनः एकपक्ष्ीाय युद्धविरामको घोषणा गर्दछ । युद्धविरामको अवधिभर जनमुक्ति सेनाले कुनै आक्रामक फौजी कार्यवाही गर्ने छैन अपितु सकि्रय रक्षाको अवस्थामा रही जनसमुदायको सेवा र शान्तिपूर्ण परिचालन गर्ने काममा सकि्रय रहने छ । हाम्रो पार्टी विश्वास गर्दछ कि हाम्रो यो घोषणाले संविधानसभा लोकतान्त्रिक गणतन्त्र र शान्तिको आकांक्षामा सडकमा पोखिएको जनसागरको उच्च सम्मानमात्र हुने छैन त्यसलाई निरन्तर उर्जाशील राख्दै इतिहासलाई एउटा तात्विक निष्कर्षसम्म पुर् याउनसमेत मद्दत गर्नेछ । हाम्रो ह्दय जनताको ह्दयसग जोडिएको छ ।
प्रचण्ड
अध्यक्ष
कृष्णसेन अनलाईन बाट
नेपाल र प्रजातान्त्रिक कोरियाबीच सूचना सम्बन्धमा सम्झौता
काठमाडौं
नेपाल र प्रजातान्त्रिक कोरियाबीच सूचना तथा साचारका विविध क्षेत्रमा सहयोग आदानप्रदान गर्ने सम्बन्धमा सम्झौता भएको छ ।
सूचना तथा साचार मन्त्रालयमा आयोजित समारोहमा नेपालको तर्फबाट साचार सचिव कुमारप्रसाद पौडेल र प्रजातान्त्रिक  कोरियाका तर्फबाट कोरियाली प्रतिनिधिमण्डलका प्रमुख एवं कोरियाली सूचना समितिका उपाध्यक्ष रि जु क्वानले हस्ताक्षर गर्नुभएको उक्त सम्झौता तीन वर्षसम्म लागु हुनेछ । सम्झौता अनुसार सूचनाको क्षेत्रमा रेडियो टेलिभिजन र पत्रपत्रिका तथा प्रकाशित एवं उत्पादित महत्वपूर्ण सामग्रीका साथै मानव स्रोत विकासका माध्यमबाट दुवै देशबीच आपसी प्रविधि र सहयोग आदान-प्रदान हुनेछ ।
हाल तीन वर्षका लागि सम्पन्न भएको उक्त सम्झौता लिखितरुपमा सूचना दिई रद्द गरेकोमा वाहेक अर्को तीन वर्षका लागि पनि स्वतः नविकरणको व्यवस्था तथा आपसी सहमतीको आधारमा संशोधन वा परिमार्जन गर्न सकिने प्रावधान समेत रहेको छ । साचार सचिव पौडेलले उक्त अवसरमा कोरियाली सरकारलाई धन्यवाद दिँदै दुई देशबीच कुटनीतिक सम्बन्ध स्थापना पश्चात रहिआएको महत्वपूर्ण सम्बन्ध अझै सुदृढ एवं प्रगाढ बनाउन यस सम्झौताले महत्वपूर्ण योगदान पुर् याउन सक्ने विश्वास व्यक्त गर्नुभयो । कोरियाली सूचना समितिका उपाध्यक्ष क्वानले उक्त सम्झौताबाट दुई देशबीचको सूचना र साचार क्षेत्रमा भएका विकास र प्रयासहरुको आदानप्रदान र आगामीसम्बन्धलाई अझ सुमधुर बनाउने धारणा राख्नुभयो ।
उपाध्यक्ष क्वानको नेतृत्वमा सूचना तथा साचार क्षेत्रका कोरियाली पाँच सदस्यीय प्रतिनिधिमण्डल केही दिनदेखि नेपाल भ्रमणमा रहेका छन् । नेपाल र प्रजातान्त्रिक  कोरियाबीच सन् १९७४ मा कुटनीतिक सम्बन्ध स्थापना भएको थियो ।रासस
कोइरालालाइ प्रधानमन्त्री
बुटवल
राजाको शाही घोषणाबाट संसद पुनःस्थापित भएपछि देशका विभिन्न जिल्लाहरुमा  विजय जुलुसहरु निस्किरहेका छन् । विराटनगर, झापा, नेपालगञ्ज, पोखरा, बुटवल, पाल्पा, गुल्मी, अर्घाखाँची, नवलपरासी, कपिलवस्तु लगायतका जिल्लाहरुमा मंगलबार विहानैदेखि विजय जुलुसहरु निस्किरहेका छन् । बुटवलका पुष्पलाल चोक, मिडिया चोक, सुख्खानगर, दीपनगर, योगीकुटी, गोलपार्क लगायतका ठाउँहरुमा जुलुसहरु निस्किरहेका छन् ।
राजाको घोषणालाइ दलहरुले स्वागत गरेपनि कायकर्ताहरुले भने संविधान सभाको निर्वाचन नभएसम्म आन्दोलन नरोकिने बताएका छन् ।
आ आफ्ना झण्डा र ब्यानरसहित सडकमा उत्रिएका आन्दोलनकारीहरुले संविधान सभाको पक्षमा चर्का नाराबाजी गरिरहेका छन् । त्यस्तै भैरहवामा आज विहानैदेखि आधा दर्जन ठाउँबाट जुलुस निस्कोका थिए ।
त्यस्तै पाल्पाको आन्दोलन चोकबाट बृहत विजय जुलुस निस्किएको छ ।
यता राजा ज्ञानेन्द्रबाट हिँजोको शाही घोषणामार्फ संसद पुनर्स्थापित भएपछि आन्दोलनरत सात राजनीतिक दलहरुले आगामी रणनीति तय गर्न आज विहान बैठक बसेको छ । बैठकले संसद पुनर्स्थापनाको र्समर्थन गर्न मओवादीलाइ आग्रह गरेको छ ।
अहिले बैठक गरिरहेका छन् । कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाको निवास महाराजगंजमा बसिरहेको बैठकमा संसद पुनर्स्थापनापछिको अवस्था र अग्रगामी रणनीतिका बारेमा छलफल भैरहेको बैठकमा सहभागी जनमोर्चा नेपालका उपाध्यक्ष लिलामणि पोखरेलले बताउनुभएको छ । कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालालाइ प्रधानमन्त्री बन्न एमाले महासचिव माधवकुमार नेपाल र प्रजातान्त्रिक कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रस्ताव गर्नुभएको छ सात दलले बैठक गरिरहँदा बैठकस्थल बाहिर भने हजारौ दलका कायकर्ता तथा युवा विद्यार्थीहरुले भने संविधान सभाको पक्षमा नाराबाजी गर्दै पर््रदर्शन गरिरहेका छन् । उनीहरुले संविधान सभाको निर्वाचन घोषणा नहुञ्जेल आन्दोलन जारी राख्ने बताएका छन् ।
संसद पुनर्स्थापना
सोमवार
अपरेड ११:४०
राजा ज्ञानेन्द्रबाट राति  ११:३० नेपालटिभिको सम्बोधनमा २०५९ जेठ ८ गते विगठन भएको प्रतिनीधि सभा  पुनर्स्थापना भएको सन्देश ,बैशाख १५ गते शुक्रबार दिउसो १ बजे संसद बैठक बस्ने, जन आन्दोलनलाई सम्बोधन, घाईतेलाइ शिग्र स्वास्थय लाभको कामना र दिवंगत भएका सहिदहरूलाइ समवेदना प्रकट , सर्वभौम नेपाली जनता मा भयको स्वीकार गरिबक्सेको छ।
राजाको शाहि घोषणा सुन्न यहाँ क्लिक गर्नुस