विकाशको डायरी

Google
नेपाली समय

April24,2006

दैनिक उपभोग्य सामाग्रीहरुको अभाव

Filed under: Butwal today

बुटवल

आन्दोलन चर्कंदैजाँदा बजारमा खाद्यान्नसहितको अत्यावश्यक सामाग्रीहरुको अभाव देखिएको छ ।
उपभोक्ताहरुले दैनिक प्रयोग गर्ने ग्यास मट्टितेल खाने तेललगायतका सामाग्रीहरुको अभाव देखिएको हो भने अन्य चामल तरकारीलगायतका उपभोग्य सामाग्रीको भने मूल्यबृद्धि भएको छ । तर राजनैतिक दलका नेताहरुले उद्योगी व्यापारी तथा अन्य संघ संस्थाहरुँग अन्तरकि्रया गरेर अभाव सृजना हुन नदिने बताएका छन् । (more…)

माओवादी समक्ष आत्मसमर्पण

Filed under: Butwal today

नवलपरासी
माओवादी प्रतिकार समितिका एक सदस्यले आफूले गल्ती गरेको महसुस गर्दै १२ बोरको एक थान बन्दूक र ५ राउण्ड गोलीसहित माओवादीसमक्ष आत्मसमर्पण गरेका छन् ।
नवलपरासी जिल्लाको भुजहवा गाविस ६ बरगदवाका सुरजनाथ सहानीले आइतबार मधेशी राष्ट्रिय मुक्ति मोर्चा नवलपरासीका अध्यक्ष राजुप्रसाद हरिजन समक्ष आत्मसमर्पण गरेका हुन् ।
निज सहानीले नवलपरासी जिल्लाको सुपौली गाविसको धनगढवामा आम जनताको रोहवरमा हात हतियारसमेत उनले माओवादीलाई बुझाएका छन् । (more…)

April23,2006

शिर्ष नेताहरुले प्रदर्शनको नेतृत्व गर्ने

आइतबार १० बैशाख दिउसो सात राजनीतिक दलद्धारा जारी विज्ञप्ती अनुसार १२ बैशाख दिउसो १२ बजे सात राजनीतिक दलका शिर्ष नेताहरु चक्रपथ घेराउन गर्न सडकमा उत्रने भएका छन् ㅣ
आइतबार बसेको सातदलको आन्दोलन संयोजन समितिको बैठकले चक्रपथ पुरै ढाक्नेगरी १२ गते २० लाख भन्दा बढी जनता उतार्ने घोषणा गरेको छ । (more…)

April22,2006

मुना मदन

Filed under: कविता

महाकवि लक्ष्मीप्रसाद देवकोटा

महाकवि लक्ष्मीप्रसाद देवकोटा
आँखाको धूलो पखालिहाल्यौ हे भाई बहिनी
संसार हाम्ले बुभ्नु नै पर्छ काँतर नबनी ।
संसारलाई मुखमा हेरी कम्मर कसेर
आकाशतिर पखेटा चालौ पृथिवी बसेर
खानु र पिउनु जीवन भए जिउनु हरे के ?
पछिको आशा नभए कठै मानिस हरे के ?
पृथिवी बसी स्वर्गमा हेर्ने छन् हाम्रा नजर
तल नै हेरी तल नै हेरी बिलौना नगर
मनको बत्ती तनको बली स्वर्ग छ प्रसाद
कर्ममै पुजा ईश्वर भन्छ यो लक्ष्मीप्रसाद

( मुना मदन बाट)

त्रिभुवनको शालिक तोडफोड

आज बुटबलमा शाही घोषणाको विरोध गर्दै त्यहाँ पनि एकलाख भन्दा बढीको जुलुस निस्क्यो । बुटवलका विभिन्न भागबाट शनिबार बिहानैदेखि जुलुस निस्किएको थियो । प्रदर्शनकारीहरुले गोलपार्कमा रहेको स्वर्गीय राजा त्रिभुवनको शालिक तोडफोड गरि ध्वस्त बनाईदिए भने सडकका ठाउंठाउंमा टायर बालेर शाही घोषणाको विरोध गरिरहे । शुक्रबार राती प्रदर्शनमा संलग्न सातजना आन्दोलनकारीलाई सेनाले कुटपिट गर्दै गिरफ्तार गरी शनिबार बिहान प्रहरीलाई बुझाएको र ती मध्ये केहीको हात भाँचिएको छ भने केहीलाई आंखा र निधारमा गम्भीर चोट लागेको जनाइएको छ । (more…)

April21,2006

शाही घोषणा धोका हो नेताहरु होसियार

सातदललाई प्रधानमन्त्रीको प्रस्ताव राजा ज्ञानेन्द्रबाट आज देश वासीका नाममा शन्देष दिदै १९ माघमा आफुले लिएको जनताको नासो जनतालाई नै फर्काएको हुकुम हुँदै सात राजनीतिक दललाई प्रधानमन्त्रीको नाम सिफारिस गर्न अनुरोध गरिबक्सेको छ। सन्देशमा राजाबाट नयाँ मन्त्री परिषद नवनेसम्म मौजुदा मन्त्रिपरिषदले नै काम गर्ने हुकुम भएको छ।
राजाको शाही घोषणा लगत्तैपछि ठाँउ ठाँउमा शाही घोषणाको विरोधमा विशाल जुलुसहरु निस्केका छन्।
त्यसको लगत्तै ‘शाही घोषणा धोका हो नेताहरु होसियार’ भन्दै जनता अहिले सडकमा निस्केका छन्। कसैले पनि शाही घोषाणालाई सकारात्मक रुपमा लिएका छैनन्। चर्किएको जनलहर मत्थर पारेर दलहरुलाई जालमा पार्ने षडयन्त्रको रुपमा जनताले शाही सम्वोधनलाई लिएका छन्।
राजाको शाहि घोषणा सुन्न यहाँ क्लिक गर्नुस

राजाको सम्बोधन
प्यारा देशबासीहरू,

नेपालीहरूको संयुक्त विवेकको निर्कोल समझदारी र संयुक्त प्रयासबाट शान्ति सुव्यवस्था, सुशासन, भ्रष्टाचार नियन्त्रण र जननिर्वाचित निकायहरूलाई जिवन्त तुल्याएर बहुदलिय प्रजातन्त्रलाई सार्थक अभ्यासमा उन्मुख गराउन हामीबाट तत्कालिन परिस्थितीमा बाध्य भई २०६१ माघ १९ गते कदम चाल्नु परेका कुरा सर्वबिभितै छ। (more…)

अस्पतालको बेडबाट गणतन्त्रको कामना

Filed under: Butwal today

बुटवल
अस्पतालको बेडमा निला कपडा लगाएर ढलिरहेका छन् । शरीरमा सुरक्षाकर्मीको गोलीले प्वाल पारेको छ । चारदिनदेखि उनको पेटमा केही परेको छैन । जीवन बाँच्छ भन्ने आसा पलाएको छ । तर विस्तारै आउने नारायण कुँवरको आवाजले निरंकुशताको विरोध गर्न भने छाडेको छैन ।
गणतान्त्रिक आन्दोलनको क्रममा वैशाख ३ गते अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कमा सुरक्षाकर्मीले अन्धधुन्ध गोली चलाउँदा घाइते भएका उनी हाल मेडिकल कलेजमा कोटिहवामा उपचारार्थ छन् ।
ढाडमा गोली लागि आन्द्राबाट पित्त थैलीमा पुगी पेटमा साइडमा रहेको उनको गोली अप्रेसनपश्चात् निकालिएको छ । खतरामुक्त अवस्थामा रहेका कुँवरले गणतान्त्रिक आन्दोलन सफलतामा पुगोस् भन्ने कामना गरेका छन् ।
उनीमात्र होइन अर्घाखाँचीमा सुरक्षाकर्मीहरुले चलाएको गोलीबाट अन्य तीन जना पनि घाइते भएका थिए । प्रहरीको लाठी चार्जबाट दर्जनौ घाइते भएका थिए । घाइतेहरुसबैले गणतान्त्रिक आन्दोलन सफलतामा पुगोस् भन्ने कामना गरेका छन् ।
अर्घाखाँची जिल्लाको डिभर्ना गाविस घर भएका नारायण कुँवरले भने -शान्तिपूर्ण अवस्थामा रहेको जुलुसमा गोली प्रहार भयो ।
भाग्ने क्रममा ढाडमा गोली लाग्यो । त्यसपछि उपचारको लागि अस्पतालमा लगियो मलाई थाहा भएन
आन्दोलन सफलतामा पुगोस् भन्ने चाहन्छु । जिल्लामा राजनैतिक दलको आव्हानमा शक्ति प्रदर्शन गर्ने कार्यक्रम भएकाले बयालीस गाविसमध्ये अधिकांश गाविसका जनताहरुप्रदर्शनमा सहभागी थिए ।
प्रदर्शनकारीहरुले जिल्लाका केहि सरकारी कार्यलयमा श्री ५ को सरकार मेटाइ नेपाल सरकार लेखेर फर्कदै गरेको अवस्थामा सुरक्षाफौजले अन्धाधुन्ध गोली चलाएको बताइएको छ । सुरक्षाकर्मीको गोली लागि घाइते भएका निरज दमासेले भने -खुट्टामा गोली लाग्यो म त्यही बसे । एउटा खुट्टाबाट गोली निस्किएर अर्कोमा समेत लाग्यो ।
गोली लागेपनि नारा लगाउन छाडिन । हामीले रगत बगाएपछि आन्दोलन सफलतामा पुग्छ भन्ने लागेको छ । निको भए फेरि पनि आन्दोलनमा जान तयार छु । सो इच्छाले गणतान्त्रिक आन्दोलनमा सहभागी भएको बताउने उनीहरुले आफूहरुघाइते भएकोमा त्यति चिन्ता मानेका छैनन् ।
तर मुलुकको राजनीतिक परिवेषमा भने उनीहरुलाई बढी चिन्ता छ । न त उनीहरुराष्ट्रका राजनैतिक नेताहरुहुन् । तर मुलुकमा चलिरहेको गणतान्त्रिक आन्दोलनले उनीहरुजस्ता हजारौं नेपालीहरुलाई राजनैतिक चासो बढेको छ ।
त्यस्तै प्रदर्शनमा घाइते भएकी सुमित्रा पौडेलले भनिन् -मुलुकमा दुई चार जना मरेपनि निरंकुश सत्ताको अन्त्य हुनुपर्छ । प्रदर्शनका अर्का घाइते विष्णु भुसालले पनि निरंकुसताको अन्त्य हुनु पर्ने नै बताए । अस्पतालको बोर्डमा भर्ना भएका घाइतेहरुको यो उत्साहले मुलुकमा निरंकुशताको अन्त्य गर्ने सबै क्षेत्रबाट जनताहरु लागेको पाइन्छ

सम्पूर्ण नेपालीहरुलाइ अनुरोध


प्रमुख सातराजनीतिक दलको जनआन्दोलन शुक्रबार देशभरि सडक पर््रदर्शन गर्ने उद्घोषण गर्दै आन्दोलनमा आम जनसमुदायलाई उपस्थित हुन आग्रह गरेका छन् । हाल जारी आन्दोलन र आम हड्ताललाई थप अनिश्चितकालसम्म लम्ब्याउने पनि जनआन्दोलन संयोजन समितिको बैठकले निर्णय गरेको छ । सातदलले सोही बैठकमार्फ राज्य दमनलाई अन्तिम प्रहारको संज्ञा दिएका छन् । मुलुकभरि आन्दोलनलाई वृहत रुपमा सञ्चालन गर्न सम्पूर्ण दल, संगठन र संघ-संस्थाहरुका स्थानीय तहलाई सातदलले आब्हान गरेका छन् । राजाको केही ब्यक्तिसंग भएको सम्बादलाई अर्थहिन भन्दै दलहरुले त्यसमा नअल्झीन पनि सम्पूर्ण नेपालीहरुलाइ अनुरोध गरेका छन् ।

April13,2006

भैरहवा क्यामपसलाई भारतीय सहयोग

भैरहवा बहुमुखी क्याम्पसको शैक्षिकस्तर वृद्धि तथा भौतिक विकासका लागि भारतीय राजदूतावासले दुई करोड ५७ लाख ४२ हजार रुपियाँ सहयोग गर्ने भएको छ ।
भैरहवा बहुमुखी क्याम्पसका अनुसार उक्त सहयोग तीन तल्ले भवन निर्माण, ३९ कोठाको तीन तल्ले छात्रवास र इन्डोर कभर्ड हल अर्न्तर्गत व्याडमिन्टन, टेबुल टेनिस र जीम हल निर्माणमा लगाइने छ ।

पन्ध्रौँ सन्तान जन्माउँदा आफ्नै ज्यान गयो

छोरा नपाएसम्म र्स्वर्गको बाटो नखुल्ने अन्धविश्वासमा परेकी बुन्दी तामाङले आफ्नो पन्ध्रौँ सन्तानको रूपमा छोरी त जन्माइन् तर सुत्केरी समस्याले गर्दा उनले ज्यान नै गुमाउनुपर्‍यो ।
धेरै सन्तान जन्मेको र उचित स्याहार-सुसार नपाउँदा श्रीमती तामाङको मृत्यु भएको स्थानीय बासिन्दाहरू बताउँछन् । खेतबारीको उत्पादनले दर्ुइ महिना पनि खान नपुग्ने गरिबीमा रहेका माइलाका १४ छोरीमध्ये आठवटीको मृत्यु भएकाले हाल उनीसँग छवटी मात्र जीवित छन् ।

रासस

April9,2006

नयाँ वर्ष २०६३ को शुभ-कामाना

नयाँ वर्ष २०६३ को शुभ-कामाना

‘श्री ५ को’ भन्ने शब्द हटाउने घोषणा

Filed under: समाचार

बुटवल
प्रर्दशनलाइ रोक्नको लागि प्रसाशनले कर्फयु लगाएपनि आज लुम्बिनी अञ्चलको मुख्यकेन्द्र बुटवल तथा भैरहवामा प्रर्दशन भैराखेका छन्। प्रर्दशनहरु ग्रामिणभागमा पनि कर्फयुको अबज्ञा गर्दै निस्केका छन्। कर्फयुको अबज्ञा गर्दै रुपन्देहीको डाइभरटोल देखि निस्केको हजारौ महिला सहभागि रहेको जुलसले अबदेखि श्री ५ को सरकार लेखिएका कुनै पनि कार्यालयलाइ श्री ५ को सरकार नभन्ने भन्दै ‘श्री ५ को’ भन्ने शब्द हटाउने घोषणा गरेको छ। त्यसैक्रममा महिलाहरुले शंकरनगरमा रहेको खानेपानि सँस्थानको कार्यालयमा लेखिएको श्री ५ सरकारलाइ मेटाएर नेपाल सरकार लेखेका छन्। महिलाहरुले देशमा लोकतन्त्र स्थापना नहुन्जेल सम्म र लोकतन्त्रको स्थापना नहुन्जेल स्म्म आफूहरु घरको चुलोचौको छोडेर आन्दोलनमा लाग्ने प्रतिबद्धता ब्यक्त गरेका छन्। त्यसैगरि हजारौ जनतासहमभागि रहेका जुलुसहरुले अहिले चारैतिरबाट बुटवललाइ घेराबन्दी गरेको छ। कर्फयुको अबज्ञा गर्दै निस्कीरहेका जुलुसहरुमा महिला, युवा, बृद्धबृद्धाहरुको पनि सहभागिता रहेको छ। प्रर्दशनलाइ नियन्त्रण गर्नका लागि बुटवलमा सेना परिचालन गरिएको छ। सेनाले सर्बसाधारणका घरघरमा गइ सर्बसाधारणलाइ जर्बजश्ती धम्काउने , कुटपिट गर्ने गरेको छ। सेना परिचालन गरिएपनि ठाँउ ठाँउमा प्रर्दशन भैराखेका छन्।

यता आज भैरहवामा भएको शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले ब्यापक बल प्रयोग गरेको छ। प्रहरीले भैरहवाको बुद्धचोकबाट निस्केको जुलुसमाथि हस्तक्षेप गरि आधा दर्जनलाइ गिरफ्तार गरेको छ। प्रहरीको कुटाइबाट सर्बसाधारण समेत घाइते भएका छन्। प्रहरीले बन्दुकको कुन्दाले हानेर पेशाकमी तिलकराम ज्ञवालीलाइ घाईते बनाएको छ। कर्फयुको अबज्ञा गर्दै आज नेपाल पत्रकार महासंघ रुपन्देहीको अगुवाइमा बुटलमा भएको नागरिक धर्नामा प्रहरीले हस्तक्षेप गरी नेपाल पत्रकार महासंघ रुपन्देहीका सभापति डि आर घिमिरे सहित १४ जनालाइ गिरफ्तार गरेको छ। गिरफ्तारीमा पर्नेहरुमा प्रधायापक सघका केन्द्रीय उपाध्यक्ष गोपाल पाण्डे, पत्रकार कर्णबहादुर कार्की, कमला कुंवर, तथा पेशाकर्मी खगराज शर्मा, नेकपा एमालेका लुम्बिनी अंचल सचिव नेत्र पँन्थी, कमल गौतम जनमोर्चाका चन्द्र बहादुर केसी पुष्कर सापकोटा, लगाएत रहनुभएको छ। प्रहरीको कुटाइबाट पत्रकार दिपेन्द्र कुँवर, दिनेश पाण्डे तथा गोपालराज न्यौपाने घाइते हुनुभएको छ। घाइतेहरुको लुम्बिनी अञ्चल अस्पतालमा उपचार भैरहेको पत्रकार छ।

हिमाल खबरबाट




  • नेपाली भिडियो

  • माथि(मुख्य पृष्ठ)
  • --Next page-->> 2 3 4 5 6 7




















    Get free blog up and running in minutes with Blogsome
    Theme designed by Riosoft

  • माथि
  • Free Hit Counter