विकाशको डायरी

Google
नेपाली समय

April2,2006

विज्ञान प्रविधि जनशक्ति नेपालमा करिब २८ हजार

काठमाडौ
नेपालमा हाल विज्ञान प्रविधिसँग सम्बन्धित करिब २८ हजार एकसय जनशक्ति रहेको नेपाल राजकीय विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान रोनाष्टले जनाएको छ ।
नब्बेको दशक यता विज्ञान तथा प्रविधिसँग सम्बन्धित क्याम्पस खुल्ने क्रम तीव्ररुपमा देखिएकाले सन् १९९६ सम्म करिब नौ हजार चारसय जनशक्ति रहेकोमा सो तीनसय गुणाले वृद्धि भई हाल मुलुकमा प्राकृतिक विज्ञानमा स्नातकोत्तर तथा व्यावहारिक विज्ञानतर्फको स्नातकसमेत गरी २८ हजारभन्दा बढी जनशक्ति उत्पादन भएको छ ।
अन्य विषयका तुलनामा विज्ञान तथा प्रविधिका क्षेत्रमा विदेशमा गई उच्च शिक्षा हासिल गर्ने अवसर अत्यधिक रहेको र हालसम्म स्वदेशमै पनि रोजगारीको प्रसस्त सम्भावना भएकाले पछिल्ला वर्षहरुमा यसक्षेत्रको अध्ययन अनुसन्धानमा आकर्षण बढेको छ ।


रोनाष्टमार्फत प्रोत्साहनस्वरुप साचालित युवा वैज्ञानिकहरुलाई अनुसन्धान सहायक वृत्ति प्रदानका साथै प्रतिभा सम्मान कार्यक्रमले पनि केही हदसम्म यसक्षेत्रमा आकषर्ण बढाएको छ ।
रोनाष्टका उपकुलपति प्रा.डा. दयानन्द बज्राचार्य आफ्नो आठ वर्षे कार्यकाल सम्पन्न हुन लागिरहेको अवसर पारी आज उहाँकै कार्यकक्षमा आयोजित कार्यक्रममा सो जानकारी दिनुभएको हो।
पछिल्लो आठ वर्षमा मात्र आठ महिलासहित ४० अग्रणी प्रतिभा सम्मानित तथा १२६ वैज्ञानिक तथा प्राविधिक पुरस्कृत भएको रोनाष्टले जनाएको छ ।
रोनाष्टले मुलुकका दुरदराजमा समेत पुगेर विज्ञान मेला प्रदर्शनी अन्तर्राष्ट्रिय गोष्ठी हाजिरीजवाफजस्ता विज्ञान प्रविधिसम्बन्धी अभिरुची जगाउने कार्य गरिरहेको रेडियो एफएम टेलिभिजनजस्ता विद्युतीय साचार माध्यमबाट कार्यक्रम साचालन गरिरहेको बताइएको छ ।
मुलुकमा विज्ञान प्रविधि क्षेत्रको दीर्घकालीन विकासमा सघाउ पुर्‍याउने उद्देश्यले २० वर्षे कार्ययोजना सम्बन्धित मन्त्रालयमा पेश गरिएको ग्रामीण एवं जीव प्रविधिसम्बन्धी अवधारणापत्र तयार पारी तत्कालीन विज्ञान तथा प्रविधि मन्त्रालयमा पठाइएको रोनाष्टले जनाएको छ ।
यसैगरी रोनाष्टमा औषधिजन्य बोटबिरुवाको आनुवांशिक तहको अनुसन्धान भूमिगत पानीमा आसे्रनिक प्रदूषणसम्बन्धी अध्ययन विभिन्न स्थानहरुका विकीरण जाँच बिरुवाको अभिलेख राख्ने परियोजना थालनी भइरहेको छ ।
उपकुलपति प्रा।डा।बज्राजार्यले अत्यन्त असहज र चुनौतीपूर्ण अवस्थामा गुजि्ररहेको रोनाष्टलाई सम्बद्ध सबै पक्षको सहयोग र समर्थन जुटाउँदै जीवन्त गतिशील एवं आशा लाग्दो संस्थाका रुपमा विकशित गर्न सक्दो प्रयास गरेको बताउनुभयो ।
संस्थाले गुमाइसकेको १२० रोपनी जग्गामध्ये ८० रोपनी फिर्ता गराई रु पाँच करोड १९ लाखमा भवन निर्माण गरेर रोनाष्टका सम्पूर्ण गतिविधि साचालन गर्दै आएको र आफू आउनु अगाडि भारत तथा इटालीसँग मात्र रिुक्षीय सम्बन्ध कायम भएको रोनाष्टसँग हाल अन्य १२ वटा बाह्य मुलुकका प्रतिष्ठानसँग समेत सम्बन्ध कायम भएको छ भन्नुभयो ।
विज्ञान प्रविधिको विकास एवं विस्तारका लागि २०३९ सालमा स्थापित संस्थामा हाल १२५ कर्मचारी रहेको बताइएको छ ।
वैज्ञानिक अधिकृततर्फ २८ सहायक वैज्ञानिक तथा प्राविधिकतर्फ २० प्रशासनतर्फ १२ अधिकृतसहित ७५ सहित गरी १२५ कर्मचारीहरुरोनाष्टको लक्ष्य हासिल गर्न प्रतिबद्ध रहेको प्रवक्ता डा। दिनेशराज भुजुले जानकारी दिनुभयो ।

रासस

April1,2006

यात्री

लक्ष्मीप्रसाद देवकोटा


कुन मन्दिरमा जान्छौ यात्री,
कुन मन्दिरमा जाने हो ?
कुन सामग्री पुजा गर्ने,
साथ कसोरी लाने हो ?
मानिसहरूका काँध चढी,
कुन देवपुरीमा जाने हो ?
हाडहरूका सोन्दर खम्बा,
मांस पिण्डका दिवार ।
मस्तिस्कको यो सुनको छाना,
इन्द्रियहरुका द्वार !
नसा-नदिका तरल तरङ्ग,
मन्दिर आफू अपार !
कुन मन्दिरमा जान्छौ यात्री,
कुन मन्दिरको द्वार ?
मनको सुन्दर सिंहासनमा
जगदिश्वरको राज !
चेतनको यो ज्योति हिरण्य,
उसको शिरको ताज !
शरिरको यो सुन्दर मन्दिर,
विश्वक्षेत्रको माझ ।
भित्र छ ईश्वर बाहिर आँखा
खोजि हिंडछौ कुन पुर ?
ईश्वर बस्तछ गहिराइमा,
सतह बहन्छौ कति दूर ?
खोजी गर्छौ ? हृदय उगाऊ,
बत्ती बाली तेज प्रचुर ?
साथी यात्री बीच सडकमा,
ईश्वर हिंडछ साथ
चुम्दछ ईश्वर काम सुनौला
गरीरहेको हात
छुन्छ तिलस्मी करले उसले,
सेवकहरूको साथ ।
सडक किनारा गाउँछ ईश्वर
चराहूरूको तानामा
बोल्दछ ईश्वर मानिसहरूको
पीडा, दु:खको गानामा
दर्शन किन्तु कहीं दिंदैन,
चर्म-चक्षुले कानामा ।
कुन मन्दिरमा जान्छौ यात्री,
कुन नवदेश बिरानामा ?
फर्क फर्क हे ! जाऊ समाऊ,
मानिसहरूको पाउ !
मलम लगाऊ आर्तहरूको,
छहराइरहेको घाउ
मानिस भई ईश्वरको यो
दिव्य मुहार हँसाऊ ।

(more…)

March31,2006

नेपाली कुखुरा भारत निकासी

भैरहवा
नेपालमा बर्डफ्लूको हल्लाले व्यवसायी मारमा परेको भएपनि भारतमा बर्डफ्लूको प्रभाव दखिएपछि नेपाली कुखुरा भारत निकासी हुन थालेको व्यवसायीहरुले बताएका छन् । रुपन्देही कुखुरा व्यवसायी संघका अध्यक्ष केशवविक्रम खड्काले भैरहवामा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा नेपालमा बर्डफ्लू नभएपनि हल्लाले कुखुरा व्यवसाय प्रभावित भएको बताउनुभयो । उहाँले नेपाली कुखुरा व्यवसायी मिडिया प्रोपोगाण्डाको शिकार बनेकेा बताउनुभयो । भारतमा बर्डफ्लूको प्रभाव देखिएपछि यहाँ

अन्य कारणले पंक्षी मरेपनि पत्रिका र मिडियाहरुले बर्डफ्लूको आंशका सहितको समाचार प्रकाशन र प्रसारण गर्दा धेरै मारमा परेका छौं’- उहाले थप्नुभयो -हल्लाका कुरालाइ समाचार नै बनाउँदा समस्या परेको कुरालाइ यहाँहरुले बुझिदिनुहोला । उहाँले उपस्थित संचारकर्मीहरुलाइ आग्रह गर्नुभयो ।
पशु क्वारेन्टाइन कार्यालय भैरहवाका प्रमुख डा. विजयकान्त झाले नेपाली कुखुरा बर्डफ्लूमुक्त भएकोले निर्धक्क भएर खान उपभोक्तालाइ आग्रह गर्नुभयो । उहाले सीमा क्षेत्रमा कडा निगरानी राखिएकोले खुला सीमाका कारण बर्डफ्लू आउँछ कि भन्ने त्रास नलिइ ढुक्क हुन आग्रह गर्नुभयो । सरकारले बर्डफ्लू विरुद्धको अभियानलाइ प्रभावकारी बनाइरहेको जानकारी दिंदै उहाँले भन्नुभयो- हामीले यहाँबाट दैनिकजसो काठमाडौं प्रयोगशालामा नमुनाहरु पठाएका छांै, बर्डफ्लू भए त थाहा भइहाल्छ ।’
जिल्ला पशु कार्यालय, रुपन्देहीका प्रमुख भगेलु यादवले बर्डफ्लू विरुद्ध सचेतना कायक्रम जरुरी भएपनि त्रसित भइहाल्नुपर्ने जरुरी नभएको बताउनुभयो ।

March29,2006

लुम्बिनीको इतिहास (भगवान् बुद्ध)बारेमा केहि कुरा

देवान पियेन पिय दसिन ला जिन वीस तिवसामि सितेन
अतन आगाच महियिते हिन्दू बुद्धे जाते शाक्य मुनीति
शिला बिगडी मिचा कालापति सिलाथभे च उस पापिते
हिद भगवं जातेति लुं मिनी गामे उवालिके कटे
अठ भागियेच (अशोक स्तम्भ)

अर्थात देवताका प्रियदर्शी राजाले राज्याभिषेकको २० वर्षपछि आफैं सवारी भई पूजा गरे । जहां शाक्यमुनि बुद्ध जन्मेका थिए। त्यहां पत्थरको एउटा प्रतीक स्तम्भ र प्रतीक चिन्ह स्थापना गरियो। त्यसैले लुम्बिनी गाउंका लागि कर हर्टाई राजाको हक गाउंलेलाई प्रदान गरियो र इ.पू. २४५ मा सम्राट अशोकद्वारा भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा खडा गरिएको अशोक स्तम्भमा यही उल्लेख छ। यही अशोक स्तम्भ र मायादेवी मन्दिरको गर्भगृह उत्खनन हुंदा भेटिएको प्रतीक शिला -माइन स्टोन) नै विश्वसामु भगवान् बुद्ध जन्मेको स्थान प्रमाणित गर्न सहज बन्यो। सन् १८९६ सम्म भगवान् बुद्धको जन्मस्थलबारे कसैलाई कुनै जानकारी थिएन ।

इतिहासविद् भुवनलाल प्रधानका अनुसार श्री ३ खड्गशमशेरको कानमा कुनै ढुगंगोको लाठो जस्तो जमिनमाथि ठडिएको छ भन्ने कुरा परेपछि उनी स्वयम् लुम्बिनी पुगी उत्खनन गर्न लगाए र अभिलेख उतार गरी जर्मनका डा. फुरर हुल्टसद्वारा त्यसको पाठ ठम्याएर पढेपछि लुम्बिनी बुद्धको जन्मस्थल हो भन्ने खुलासा हुनपुग्यो ㅣ
सन् १९९५ -२०५२) मा लुम्बिनी विकास कोष, पुरातत्त्व विभाग र जापान बौद्ध सङ्गको संयुक्त तत्त्वावधानमा भएको उत्खननले मायादेवी मन्दिरको गर्भमा प्रतीक शिला फेलापारेपछि लुम्बिनी बुद्धस्थलबारे विशेष गरी भारतीयले उठाउंदै आएको विवादले निकास पायो । (more…)

March27,2006

लुम्बिनी अंचलबाट ३१ हजार २ सय १९ परीक्षार्थी

बुटवल
एसएलसी परीक्षामा लुम्बिनी अंचलबाट ३१ हजार २ सय १९ परीक्षार्थी सहभागी भएका छन ।
परीक्षा सम्पन्न गर्नका लागि अंचलका ६ जिल्लामा १ सय १४ परीक्षा केन्द्रहरु राखिएका छन् । लुम्बिनी अंचलका कुल परीक्षार्थीमध्ये २४ हजार २ सय ४ नियमित र ७ हजार २४ एक्जाम्टेडतर्फर्र्हेका छन् । सबैभन्दा बढी परीक्षार्थी रुपन्देहीमा ७ हजार ९ सय ८८ र सबैभन्दा कम कपिलवस्तुमा २ हजार ७ सय ७९ रहेका छन् । त्यस्तै नवलपरासीमा ६ हजार ६ सय ५९, गुल्मीमा ५ हजार ७९, अर्घाखाँचीमा ४ हजार ४ सय ७४ र पाल्पामा ३ हजार १ सय ५४ परीक्षार्थीहरु रहेका छन् । अंचलमा राखिएका १ सय १३ परीक्षा केन्द्रहरुमध्ये रुपन्देहीमा २५, कपिलवस्तुमा १४, नवलपरासीमा २१, पाल्पामा १४, अर्घाखाँचीमा १९ र गुल्मीमा २४ रहेका छन् । रुपन्देहीका जिल्ला शिक्षा अधिकार दिवाकर अवस्थीले आज भएको प्रथम दिनको परीक्षा शान्तिपूर्वक सम्पन्न भएको बताउनु भयो ।

मिनी बसपार्क आजबाट चालु हुने

Filed under: Butwal today

बुटवल

करिव ४० लाखको लागतमा बनेको कपिलवस्तु जिल्ला सदरमुकाम तौलिहवास्थित गौतम बुद्ध मिनी बसपार्कलाई आज सोमबार देखि प्रयोगमा ल्याउन भन्दै जिल्ला प्रशासन कार्यालयले सरोकारवालाहरुलाई निर्देशन दिएको छ ।

आंशिक प्रयोगमा आएको उक्त बसपार्क बस तथा जीप व्यवसायी कपिलवस्तु नगरपालिका र ट्राफिक प्रहरीको निस्क्रियताका कारण पूर्ण प्रयोगमा आउन नसकेको भन्दै एकसंस्थाको पहलमा नगरवासीले निवेदन दिएपछि प्रशासनले आज त्यस्तो निर्देशन दिएको हो ।

वातावरण संरक्षण केन्द्र कपिलवस्तुको पहलमा आज प्रशासनमा निवेदन पुगेको थियो । त्यसको लगत्तै प्रमुख जिल्ला अधिकारी दीपक कुमार जोशीले बस समितिका स्थानीय प्रतिनिधी र निमित्त नगरप्रमुख बलराम न्यौपानेलाई निर्देशन दिनुभएको थियो ।
सोही अवसरमा जिल्ला प्रहरी प्रमुख विजय भट्टले बसपार्क प्रयोगमा ल्याउन आफूहरुले सहयोग पुर्‍याउने बताउनु भएको थियो ।

नवनिर्मित बसपार्क सम्बन्धित निकायको निस्क्रियताको कारण प्रयोग नआएपछि आफूहरुले नगरवासीको आग्रहमा बसपार्क प्रयोगमा ल्याउन पहल गरेको निवेदन दिन जिल्ला प्रशासन प्रग्नु भएका वातावरण संरक्षण केन्द्रका अध्यक्ष तथा कानुन व्यवसायी दण्डपानी पन्थीले बताउनुभयो ।

व्यवथित बसपार्क गराउन नसकिएकै कारण कपिलवस्तु जिल्ला सदरमुकाम दैनिकजसो प्रदुषण बढ्दै गएको छ ।

बौद्ध-हिन्दू युवा एकता राष्ट्रिय महासम्मेलन

विश्वमै शान्ति स्थापना गर्ने उद्देश्यले विक्रम सम्वत २०६३ मा नेपालमा पहिलो पटक विश्व बौद्ध-हिन्दू युवा एकता राष्ट्रिय महासम्मेलनको आयोजना गरिने भएको छ। विश्व बौद्ध-हिन्दू युवा एकता राष्ट्रिय महासम्मेलन, २०६२द्बारा हालै आयोजति पत्रकार सम्मेलनमा सो कुराको जानकारी दिइएको हो।


सो अवसरमा विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव अनन्तराज पाण्डेले यस किसिमको सम्मेलनले देशमा शान्ति स्थापनामा सहयोग पुग्नुका साथै मित्र राष्ट्रहरुसँगको सम्बन्ध सुमधुर बनाउन मद्दत मिल्ने विश्वास व्यक्त गर्नुभयो। आयोजक संस्थाका सह-अध्यक्ष मुस्कान पौडेलले महासम्मेलनको बारेमा जानकारी गराउँदै शान्तिका लागि विश्वभरि नै कार्यक्रम गर्ने उद्देश्यले नेपालमा महासम्मेलन गर्न लागिएको हो भन्नुभयो।
सम्मेलनमा विश्वका करिव सत्तरी राष्ट्रका बौद्ध धर्मावलम्बीहरू, पैचालिस राष्ट्रका राष्ट्राध्यक्ष र ती राष्ट्रका राष्ट्रिय धर्मगुरुहरूको सहभागिता रहने बताइएको छ।

बारुदी सुरुङ पत्ता लगाउने यन्त्र

तुलसीपुर दाङ
दाङका एक व्यक्तिले नेपालमा पहिलोपटक आफूले बारुदी सुरुङ पत्ता लगाउने यन्त्र निर्माण गरेको दावी गरेका छन् ।
तुलसीपुरस्थित आइडियल बोर्डिरुस्कूलका शिक्षक रमाकान्त शर्माले एक पत्रकार सम्मेलनको आयोजना गरी आफूले निर्माण गरेको यन्त्रको प्रदर्शन तथा त्यसको प्रयोग र निर्माण विधिबारे जानकारी गराउनुभयो ।
वि।सं। २०५७ देखि विभिन्न यन्त्र निर्माण गर्दै आएको बताउँदै उहाँले एरोरु५८ ल्यान्ड माइन्ड डिक्टेटर नाम दिइएको सो प्रविधि नेपालमा पहिलो भएको दावी गर्नुभयो ।
सो यन्त्रले २२ फिट टाढा एक मिटर गहिराईसम्मको बारुदी सुरुङ पत्ता लगाउने शर्माको दावी छ ।
उहाँले सो यन्त्रको कुल निर्माण लागत रु १५ हजार भएको बताउनुभयो ।
आफ्नो प्रविधिबारे रोनास्टमा जानकारी गराउँदा राज्यले कुनै मतलब नगरेको दुःख व्यक्त गर्दै शर्मा राज्यले सहयोग गरेमा त्यस प्रकारको यन्त्रको व्यावसायिक निर्माण सुरुगर्ने बताउनुहुन्छ ।

रासस

March25,2006

कपिलवस्तुमा सेतो रिवन अभियान

Filed under: समाचार


बुटवल
महिलामाथी हुने सबै प्रकारका िहंसा न्यूनिकरण गर्न शुक्रवार देखी कपिलवस्तुमा सेतो रिवन अभियान शुरुगरिएको छ । <जिल्लाका बिभिन्न संघसंस्थाका प्रतिनिधी राजनितीकर्मि पेशाकर्मी कर्मचारी पत्रकार गरि ७० जनाले सेतो रिवन लगाएर यो अभियान शुरु गरेको थिए ।
सेतो रिवन लगाउनु भनेको पुरुषहरुले महिला बिरुद्ध गर्ने िहंसाका बिरुद्ध पुरुषहरुले नै देखाएको संकेत हो । जनहित संरक्षणमंच युनिफेम र सेभ द चिल्ड्रन स्वीडेनको सहयोगमा साथी नामक गैर सरकारी संस्थाको पहलमा यो अभियान शुरु भएको हो ।
९६औं अन्तराष्ट्रिय नारी दिवसका दिन देखी नेपालमा शुरु गरिएको यो अभियानको नारा महिला बिरुद्धकको िहंसामा शुन्य सहिष्णुता भन्ने रहेको छ ।

March24,2006

नेपाली चलचित्र दुई पल

जीवनको सुख एउटा पल र दुःख अर्को पल हो । सोही बाटो छोडेर गलत बाटोमा लागेका मान्छेलाई आत्मियता माया र ममताले सही बाटोमा ल्याउन सकिन्छ भन्ने जस्ता बुलन्द सन्देश बोकेको चलचित्र दुई पलमा साँचो र वास्तविक प्रेममा हुने अनुभूति र त्यागलाई सशक्तरुपमा प्रस्तुत गरिएको छ । त्यस्तै आफ्नो खानदान र इज्जतको रवाफमा िहंडेका प्रेमको अर्थ नबुझ्ने वा बुझेर पनि बुझ पचाउने अभिभावक अनावश्यक कुरा लगाई अरुको घर भाँड्न खोज्ने मान्छे स्वार्थ र पैसाका लागि नीच काम गर्ने व्यक्ति र समाज सेवाका नाममा संचालन गरिने संस्थाका अगुवाहरुलाई पनि यो चलचित्रले त्यतिकै नराम्रोसँग झापट दिएको छ ।
चलचित्र दुई पल पृथक धारको शैलीमा बनेको चलचित्र मानिएता पनि यसमा खासै नौलो पन छैन र पनि प्रस्तुति भने उत्कृष्ठ रहेको छ । प्रायः नेपाली चलचित्रमा राम्रो कथा भए पनि कमजोर प्रस्तुतिका कारण असफल भएका हुन्छन् । त्यसकारण सफल चलचित्रमा कथा अनुसार चित्त बुझ्दो प्रस्तुतिको बढी आशा गरिन्छ । त्यसकारण पनि उयत्यकाका दर्शकले दुई पल लाई मन पराएका छन् ।
प्राविधिक रुपमा निकै राम्रो मानिएको चलचित्र दूई पलको गीत-संगीत पनि त्यत्तिकै राम्रा छन् । उक्त चलचित्रमा समावेश गरिएको पप शैलीको गीतले हलमा बसेका अधिकांश दर्शकहरुलाई नाच्न तथा झुम्न बाध्य बनाउँछ । अभिनय र द्वन्द्वका हिसाबले पनि सो चलचित्रलाई उत्कृष्ट मान्न सकिन्छ । चलचित्र दिक्कलाग्दो नभई सरल र सहज रुपमा अघि बढेको देखिएको छ ।
राजेश हमाल दिलिप रायमाझी मिथिला शर्मा बसुन्धरा भुसाल निरुता िसंह रेखा थापा जयेन्द्र चन्द सुशील पोखरेलको भूमिका रहेको छ । बाल कलाकार अदीप्सा शाहको जीवन्त अभिनय रहेको छ । सुरेश अधिकारीको संगीत रहेको उक्त चलचित्रमा नृत्य निर्देशन कमल राईले गरेका छन् । राजेन्द्र खड्गीको द्वन्द्व निर्देशन भएको दुई पलमा छायाँकन राजु विक्रम थापाको रहेको छ । मौनता श्रेष्ठको लेखन र दयाराम पाण्डेको गीत रहेको दुई पल चलचित्र दर्शकलाई फेरि पनि हेरौं हेरौं लाग्ने थोरै चलचित्रहरुको पंक्तिमा पर्न सफल चलचित्र मानिएको छ ।

March23,2006

बुटवल र भैरहवामा मोवाइल सेटको बिक्री वितरण बढ्दो

Filed under: समाचार


बुटवल
नेपाल टेलिकमले यस क्षेत्रमा पि्रपेड वितरण सुरुगरेपछि मोवाइल सेट विक्री वितरणमा बृद्धि भएको छ ।
यस क्षेत्रको प्रमुख शहरहरु बुटवल र भैरहवामा रहेका मोवाइल विक्रेता पसलदेखि लिएर मोवाइल मर्मत केन्द्रमा मानिसको घुइँचो देख्न सकिन्छ । पि्रपेड वितरणसँगै बुटवल र भैरहवामा मात्र होइन भारतीय सीमाक्षेत्र सुनौली र नौतनवामा पनि मोवाइल सेट किन्न र मर्मत गर्नेको संख्या बढेको छ ।
नेपाल टेलिकमले चैत्र ३ गतेदेखि यस क्षेत्रमा पि्रपेड बाँड्न सुरुगरॆदेखि नै मोवाइल पसहरुमा मानिसको चहल पहलमा वृद्धि भएको थियो । बुटवल र भैरहवामा गरी कुल आठ हजार लाइन वितरण गर्ने योजना अनुरुप टेलिकमले पि्रपेड बाड्न सुरुगरेपछि अहिले दूधवालाले समेत पि्रपेड बोकेको देख्न सकिन्छ । थोरै मूल्यमा पनि उपयोग गर्न सकिनेहुँदा यसको माग दिन प्रतिदन बढेको छ । पि्रपेड मोवाइल वितरणसँगै सेटको मागमा पनि वृद्धि हुनासाथ पछि मोवाइल पसलेहरुअहिले बेफुस्र्रदी बनेका छन् । (more…)

March20,2006

तीनथरिका अङ्गहरू भएको जनवार

तीनथरिका अङ्गहरू देखिने एउटा जनावर छ भन्दा अचम्म लाग्न सक्छ तर इलाम बजारमा रहेको एउटा कुकुर यस्तै अनौठो किसिमको छ । कुकुरका कान सुँगुरका जस्ता छन् भने ढाड बाँदरको जस्तो छ । करिब दर्ुइ वर्षघि ताप्लेजुङमा जन्मिएको यो कुकुर नौलो भएकै कारण इलामका सोनाम यल्मु शर्ेपाले ल्याएका हुन् । झट्ट हर्ेदा यो कुकुर, सुँगुर र बाँदर जस्तो देखिन्छ । एउटै जनावरमा तीन जनावरको स्वरूप देखिएकाले सुँगुर, कुकुर र बाँदरका सुरुका अक्षरबाट यसको नाम पनि ‘सुकुवा’ राखिएको छ । कुकुरबाटै जन्मिएको भए पनि ‘सुकुवा’ को पुच्छर ढाडमाथि रहेको छ । पुच्छर अन्य कुकुरको झैं लामो भने छैन । बजारमै रहेको नौलो प्रकृतिको कुकुर हर्ेन दिनहुँ मानिसहरू आउने गर्दछन् । कतिपयले त सुकुवाको फोटोसमेत खिच्ने र खरिदका लागि आग्रह समेत गर्ने गरेको सुजन देवान बताउँदछन् । पाँचहजार रुपियाँ दिँदासमेत सुकुवा नदिएको देवानले बताए ।

अन्य कुकुरको भन्दा लगभग सबै अङ्गहरू फरक प्रकृतिको रहेको सुकुवाका खुट्टाहरू पनि कुकुर र बाँदरको मिश्रण जस्तै देखिन्छन् । सुकुवाको भुकाइ पनि अन्य कुकुरको जस्तो नभएको सुजन देवानले बताए । सुकुवा जन्माउने माउले सुकुवा भन्दा अघि र पछि यस्ता सन्तान भने नजन्माएको बताइन्छ तर इलामकै बिग्ल्याँटेमा जन्मिएको अर्को एउटा कुकुर पनि अनौठैखालको भएको बरवोटेका रमेश गुरुङ बताउँछन् । बरबोटेको सुकुवा भने चोरी भएको उनले बताए ।




  • नेपाली भिडियो

  • माथि(मुख्य पृष्ठ)
  • --Next page-->> 2 3 4 5 6 7




















    Get free blog up and running in minutes with Blogsome
    Theme designed by Riosoft

  • माथि
  • Free Hit Counter