विकाशको डायरी

Google
नेपाली समय

March10,2006

तीन लाख ३२ हजार १८१ परीक्षार्थी एसएलसी परीक्षामा सम्मिलित हुने

काठमान्‍डौ
यस वर्षको प्रवेशिका (एसएलसी) परीक्षामा अधिराज्यभरिका तीन लाख ३२ हजार १८१ परीक्षार्थी सम्मिलित हुने भएका छन् । सो सङ्ख्या गत वर्षो तुलनामा १८ हजार ९६५ ले बढी छ । परीक्षा नियन्त्रण कार्यालयका जानकारी अनुसार आगामी चैत १४ गतेदेखि सुरु हुने उक्त परीक्षामा नियमिततर्फदर्ुइ लाख ६० हजार ४७ जना र एक्जामटेडतर्फ७२ हजार १३४ जना परीक्षार्थी रहेका छन् । परीक्षा चैत २३ गतेसम्म सञ्चालन हुनेछ । परीक्षाका लागि यस पटक ९९४ वटा परीक्षाकेन्द्र्र निर्धारण गरिएको छ । त्यसैगरी परीक्षाका लागि ९९४ जना केन्द्राध्यक्ष, एक हजार ९८८ जना सहायक केन्द्राध्यक्ष, १६ हजार ६०९ निरीक्षक तथा १४ हजार ९१० सुरक्षाकर्मी खटाइने भएको छ । परीक्षा नियन्त्रक गजेन्द्रलाल प्रधानले यसपटक परीक्षार्थीहरूको सङ्ख्या बढ्नुमा एसएलसी ल्याकत परीक्षा (सेन्टअप)मा बढी विद्यार्थी उत्तर्ीण्ा भएका कारण हुनसक्ने बताउनुभयो । यसपटकको एसएलसी परीक्षामा सबैभन्दा बढी परीक्षार्थी काठमाडौँका २४ हजार ४२६ जना र सबैभन्दा कम मुस्ताङका ७३ जना रहेका छन् । यसैगरी नियमिततर्फसबैभन्दा बढी काठमाडौँका २३ हजार २६ परीक्षार्थी सम्मिलित हुनेछन् भने एक्जाम्टेडतर्फसबैभन्दा बढी मोरङका चार हजार ३६२ जना सहभागी हुने पनिकाले जनाएको छ । यसपालि ललितपुरबाट भने एक्जाम्टेडतर्फएकजना परीक्षार्थी पनि छैनन् ।
परीक्षामा मनाङ, मुस्ताङ र डोल्पा जिल्लामा एक/एकवटा तथा हुम्ला र मुगु जिल्लामा दर्ुइ/दर्ुइवटा परीक्षाकेन्द्र निर्धारण गरिएको छ । सबैभन्दा बढी परीक्षाकेन्द्र काठमाडौँमा ५६ वटा राखिएको छ । यसपालिदेखि एसएलसी परीक्षाको सम्पर्ूण्ा प्रश्नपत्र छपाइ नेपालमा नै गर्न सुरु गरिएको छ । विगतमा प्रश्नपत्र भारतबाट छपाएर ल्याइन्थ्यो ।

March7,2006

बस व्‍यवसायी र समितिको सहमति भंग

Filed under: Butwal today

बुटवल
पश्‍िचम नेपाल बस व्‍यवसायी र सिद्धार्थ यातायात बस यातायात व्‍यवसायीको सहमति भंग भएकोछ । सहमति भंग भएपछि यी दुई बस समितिहरुले स्‍वतन्‍त्र रुपले चाहेको रुटमा बस दगुराउन थालेका छन । पहिला जस्‍तो रुट पछाडीको गाडी आएर लखेट्‌ला न त पुग्‍नुपर्ने समयमा नपगे कार्वाही हुने चिन्‍ता समेत नहुदा ड्राइवरहरुले एकै ठाउँम धेरै समय बस रोक्‍न थालेका छन। जस्‍ले गर्दा यत्रुहरुलाइ असर परेको छ ।
सडकमा दुइ समिति बसहरु एकैसाथ एकै पटक दगुरिरहदा दुर्घटनाको सम्‍भावना पनि बढेकोछ । अहिले सिद्धार्थ बस व्‍यवसायीका बसहरु सुनौली देखि गोलपार्क सम्‍म चल्‍न थालेका छन भने पश्‍िचम नेपाल बस गोलपार्क देखि सुनौली सम्‍म । सम्‍झौता भंग भएकोमा यी दुई समितिले एक अर्कालाई दोषी मान्‍छन ।
पश्‍िचम नेपाल बस व्‍यवसायी समितिका अनुसार सिद्धार्थ बस समितिका बसहरु सम्‍झौता तोडेर गोलपार्क आएका थिए । ती बसहरु फागुन१६ देखि गोलपार्कमा बिना इजाजत छिरेपछि सम्‍झौता तोडिएको हो । आफ्‍नो संघ सधै मिलेर जाने पक्षमा रहेको मिल्‍न अझै पनि तयार रहेको पश्‍िमचनेपाल बस समितिको तर्फबाट दधिराम खरेलले जानकारी दिनुभयो ।
उता सिद्धार्थ बस व्‍यवसायी समितिले पश्‍िमचनेपाल बस व्‍यवसायी समितिले आफुलाइ ठुलो संघ भन्‍दै च्‍यापेको बताएको छ । व्‍यवसायीले ट्रफिक चोकमा रहेको आफ्‍नो काउन्‍टर समेत पश्‍िमचनेपाल बस व्‍यवसायी संघसंग आबद्ध मानिसहरुले फुटालेको तथा फागुन १३ गते आफ्‍ना सदस्‍य मोहनलाई जोगीकुटीमा कुटपिट गरि बस समेत अफिस लगेर राखिदिएको बताउदै बाध्‍य भई सम्‍झौता भंग गर्नु परेको तथा यस्‍को जिम्‍मेवार पश्‍िमचनेपाल बस व्‍यवसायी भएको बताएको छ ।
समितिले पश्‍िमचनेपालले अरु संघको अस्‍ितव मेट्‌न खोजेको समेत आरोप लगाउँदै फागनु १३ गते घटेपनि आफुहरुले फागनु १६ गते देखिमात्र गोलपार्क सम्‍म बस लगेक भए पनि पश्‍िमचनेपालले १४ गते देखिनै बस सुनौली बस ल्‍याएको जनएको छ ।
यहि विषयलाई लिएर विहीवार जिल्‍ला प्रशासन कार्यालयम बैठक समेत बसेको थियो । बैठकले एक आपसमा खिचातानी नगरी जनतालाई सुबिधा दिने तरीकाले सञ्‍चालन गर्न सुचित गरेकोछ ।

मोबाइल मर्मत राम्रो आम्दानी

नयाँसडकमा मोबाइल मर्मत केन्द्र खोलेर बसेकी सुनितालाई अचेल भ्याइनभ्याइ छ । हरेक दिन मोबाइल मर्मत गराउन आउने उपभोक्ताहरूको सङ्ख्या हृवात्तै बढेकोले उहाँको व्यस्तता बढेको हो । बेलाबेलामा फोन गरिरहनुपर्ने हुनाले मोबाइल हातमै बोक्नर्ुपर्छ । कुनै बेला भुइँमा खसेर त कहिले यात्राको बेला ठोक्किएर ब्रि्रन बेर लाग्दैन । नेपाल टेलिकमको एक तथ्याङ्कअनुसार करिव तीन लाख नेपालीको हातमा अहिले मोबाइल पुगिसकेको छ । निजी क्षेत्रको मोबाइल कम्पनी ‘मेरो मोबाइल’ लिनेहरूको सङ्ख्या बढेको छ । यसै अवसरको मौका उठाएर राजधानीमा खुलेका मोबाइल मर्मत तथा तालिम केन्द्रहरूले सयौं युवायुवतीलाई तालिम प्रदान गरिरहेका छन् । राम्रो संस्थाबाट तालिम लिएका दक्ष प्राविधिकहरूले रोजगारीको अवसरसमेत पाएका छन् । पाँच सात हजार तिरेर किनेको सेलुलर मोबाइल काम नलाग्ने भएपछि मर्मत गर्ने ठाउँको खोजी गर्दै आउने उपभोक्ताहरूको सङ्ख्या काठमाडौंमा मात्र होइन, मोबाइल सञ्चालन भएका अन्य सहरहरूमा पनि बढ्दै गइरहेको मोबाइलका प्राविधिकहरू बताउँछन् । मोबाइल सेटको व्यापार गर्ने व्यापारीहरूसँगै अहिले मर्मतकर्ताहरूको आम्दानी पनि बढेको छ । (more…)

March4,2006

नगरचुनाव खर्चको आफूखुशी निर्णय

Filed under: समाचार

बुटवल
बुटवल नगरपालिकाका प्रमुख रुपसिंह थापा र वडाध्यक्षहरुले स्थानीय स्वायत्त शासन नियमावलीलाई मिचेर सम्पन्न चुनावको खर्चका साथै विभिन्न सुविधा लिने निर्णय गरेका छन् । हालै बसेको नगरपालिका बोर्डले यातायातको लागि १७ हजार र अतिथि सत्कारका नाममा २८ हजार गरी ४५ हजार रुपैयाँ भुक्तानी दिने निर्णय गरेको हो । सो खर्च नगरपालिका निर्वाचन सुरु भएपछि निर्वाचित भई आएको हालसम्मको’ भन्ने निर्णयमा उल्लेख छ । त्यसैगरी प्रमुख र वडाध्यक्षलाई मासिक ५ हजार ५ सय रुपैयाँका दरले अनुगमन भत्ता उपलब्ध गराउने निर्णय सम्पन्न पहिलो बोर्ड बैठकले गरेको छ । स्मरणीय छ स्थानीय स्वायत्त शासन नियमावलीमा विशेष भत्ता लिन पाउने व्यवस्था छैन । बैठकले विज्ञापन विना दुइ कर्मचारी नियुक्ति गर्ने समेत निर्णय गरेको छ । मासिक ४ हजार रुपैयाँ दिनेगरी स्वकीय सचिव र मासिक ३ हजार ६ सय रुपैयँ दिने गरी एक सुरक्षागार्ड राख्ने निर्णय गरिएको छ । नगरप्रमुख विभिन्न समारोह, सेमिनार, गोष्ठी, बैठकमा सँझ विहान, अतिरिक्त समयमा खटिनुपर्ने भएको हुदा सहभागिताको व्यवस्थापनमा सहयोग पुर्‍याउन सहयोगीहरु आवश्यक पर्ने भएको’ भन्दै कर्मचारी नियुक्तिको आवश्यकता पुष्टि गर्न खोजिएको छ । विगतमा नगरप्रमुखलाई कर्मचारी आवश्यक परे भएका कर्मचारीबाट परिचालन गर्ने गरिन्थ्यो ।

त्यसैगरी प्रमुख, वडाध्यक्ष र वडा सदस्यहरुको २ लाखका दरले दुर्घटना विमा गर्ने निर्णय गरिएको छ । गत नगरपालिका निर्वाचनमा उम्मेदवारी दिएका प्रमुखमा रुपसिंह थापा, वडा नं. ६ को वडाध्यक्षमा जंगबहादुर थापा, वडा नं. ९ को वडाध्यक्षमा वेदप्रसाद शर्मा, वडा नं. १० को वडाध्यक्षमा टीकादेवी पौडेल वडा नं. ५ को वडाध्यक्षमा अशोक श्रेष्ठ र महिला वडा सदस्यमा जमुना कुमारी गुरु· निर्वाचित भएका थिए । वडा नं. ५ को वडाध्यक्ष अशोक श्रेष्ठले राजीनामा दिएको विज्ञप्ति जारी गरेर सञ्चार माध्यमहरुमा पठाएको भएपनि केही दिनअघि सपथग्रहण गरेका छन् । नगरपालिकाको ०६२।०६३ को वाषिर्क बजेट नीति तथा कार्यक्रममाथि आवश्यक संशोधन एवं परिमार्जन सहित समीक्षा गर्न यही फागुन २९ गते विहान ७ बजे नगरपरिषदको वैठक बस्ने भएको छ । कम्तीमा ७७ सदस्यीय परिषद सदस्यमा हुनु पर्नेमा सफल रहेको भनिएको निर्वाचनवाट ६ जना मात्र छन् ।

नेपाली सन्‍देश

March3,2006

दुर्घटनामा २ मृत्यु ९ घाइते

Filed under: समाचार

भारतको नयाँदिल्लीवाट अर्घाखाँचीका लागि हिँडेको गाडी बिहिवार दिउँसो करीब एक वजे कोहलपुरवाट १५ किलोमिटर पूर्व महेन्द्र राजमार्ग समशेरगन्जमा दुर्घटनाग्रस्त भएको थियो। दुर्घटनामा पर्ने सबै नेपाली नागरिक हुन्। उनीहरु दिल्लीवाट गाडी रिजर्भ गरी घर अर्घाखाँची फर्किंदै थिए। मृत्यु हुनेमा चालक गोपाल शर्मा र अर्घाखाँची भुवनडाँडा–२ का डिल्लीराज गौतम रहेको र ९ जना घाइते भएका प्रहरीले जनाएको छ। घाइतेहरुको कोहलपुरस्थित नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालमा उपचार भइरहेको छ । घाइते मध्ये २ जना राधा भुषाल र उनका तीनवर्षे छोरा आकाश भुषालको अवस्था चिन्ताजनक रहेको अस्पतालले जनाएको छ।

दुइ कोरिया बीच सैनिक जनरल स्तरीय तेस्रो वार्ता

दक्षिण कोरिया र उत्तर कोरिया बीच आज पान्मुन्जोममा सैनिक जनरल स्तरीय तेस्रो वार्ता शुरु भएको छ। सन् 2004 पछि यी दुइ पक्ष बीच यस्तो वार्ता भएको यो पहिलो पटक हो।
वार्तामा दुबै पक्षले कोरियाली प्रायद्बीपको पश्चिमी सागर क्षेत्रमा विद्यमान तनावपूर्ण स्थितिलाई मत्थर पार्ने र पारस्परिक विश्वासको वातावरण स्थापना गर्ने बारे वैचारिक आदान-प्रदान गर्ने कार्यक्रम छ।

यातायात व्यवसायीलाई लुट्न छुट - सरकार लुट नियन्त्रण गर्न असफल

Filed under: समाचार

‘उपभोक्तामाथि खुलेआम डकैती हुँदा पनि सरकार लाचार भएर रमिता हेरिरहेको छ ।’ यो आक्रोस सरकारविरुद्ध आन्दोलनरत नेताहरूको नभएर उपभोक्ता मञ्च नेपालकी रूपा श्रेष्ठको हो ।

र्सार्वजनिक यातायातका सबै यात्रुहरू रूपाकै जस्तो आक्रोस सडकमा पोख्छन् । जनउत्तरदायी सरकार नभएका कारण जनताको सुनवाइ भइरहेको छैन । यातायात व्यवसायीहरूले डिजेलको मूल्य वृद्धि भएको अनुपातभन्दा डकैती शैलीमा बढी भाडा असुलिरहेका छन् । तर, सरकार भने रूपा श्रेष्ठले आरोप लगाएजस्तै लाचार भएर हेरिरहेको छ ।

श्रम तथा यातायात मन्त्रालयमा बस तथा मिनीबस व्यवसायीहरूको प्रभाव चर्को छ । उनीहरू मन्त्रीदेखि कर्मचारीसम्मलाई गलत प्रक्रियाद्वारा प्रभावित पार्न सक्छन् । यात्रुमाथि डकैती हुँदा पनि मन्त्रालय चुप बस्नुको कारण यातायात व्यवसायी संघहरूको गलत प्रभाव भएको विश्वास प्रबल छ । पैसाको लेनदेनका कारण नै प्रशासन यन्त्र असफल भएको चर्को आरोप छ ।

यातायात मन्त्रालयका प्रवक्ता ध्रुवकुमार शर्माका अनुसार सरकारले तोकेभन्दा बढी भाडा नलिन र भाडादर टाँस्न यातायात व्यवसायीहरूलाई मंगलबार नै निर्देशन दिएको छ । तर, व्यवसायीहरूले उक्त निर्देशन ठाडै उल्लंघन गरिरहेबाट सरकार कति निरीह छ भन्ने स्पष्ट हुन्छ । यसबारे यातायात राज्यमन्त्री रवीन्द्र खनालले आफूलाई केही जानकारी नभएको बताए ।

प्रवक्ता शर्माका अनुसार उपत्यकामा भाडादर नियन्त्रण र व्यवस्थापन गर्न ललितपुरका प्रमुख जिल्ला अधिकारी स्थानेश्वर देवकोटाको अध्यक्षतामा अनुगमन टोली गठन गरिएको छ । तर, प्रजिअ देवकोटा भन्छन्- ‘मलाई जानकारी नै छैन ।’ यातायात व्यवसायीहरूलाई केही दिन लुट्न दिने प्रपञ्च यातायात मन्त्रालयबाटै भइरहेको छ भन्ने कुरा प्रजिअ देवकोटाको भनाइबाट प्रस्टिन्छ ।

February19,2006

श्री ५ महाराजधिराजबाट प्रजातन्त्र दिवसका अवसरमा सन्देश बक्स

Filed under: समाचार

श्री ५ महाराजधिराजबाट प्रजातन्त्र दिवसका अवसरमा सन्देश बक्सँदै हालै सम्पन्न नगर निर्वाचनमा प्रजातन्त्र विजयी भएको हुकुम बक्स भएको छ।
सन्देशमा प्रतिकूल बनाउन खोजिएको परिस्थितिमा पनि नेपाली जनताले देखाएको साहस प्रशंसनीय छ भन्दै जनताको दृढताले नै यो चुनावमा प्रजातन्त्र विजयी भएको उल्लेख छ।

उक्त नगर निर्वाचनमा नेपालको इतिहासमा नै सबैभन्दा कम २१ प्रतिशत मत मात्र खसेको थियो भने आधाभन्दा बढी पदहरु उम्मेदवार नै नपाई खाली छन्। कतिपय स्थानमा अरु उम्मेदवार नभेटिएपछि निर्विरोध निर्वाचित घोषणा गरिएको थियो। श्री ५ बाट अवरुद्ध भएको प्रजातान्त्रिक प्रक्रियालाई सक्रिय तुल्याउन इच्छुक दलहरुलाई देशको बृहत् हितमा अगाडि आउन आव्हानसमेत गरिबक्सेको छ । प्रजातन्त्र दिवसका दिन बक्सिएको सन्देशमा सहमति र समझदारी बढाई शान्ति र प्रजातन्त्रलाई बलियो बनाउन आह्वान गरिबक्सँदै बाटोबिराएकाहरुलाई हत्या हिंसा र विध्वंसको कुबाटो छाडेर शान्ति र बहुदलीय प्रजातन्त्रको जनहितकारी बाटोमा आउन ढिला गर्न नहुने उल्लेख गरिएको छ। मौसूफबाट प्रजातन्त्र दिवस सबै प्रजातन्त्रवादीबीच सहमति र समझदारीको चरण प्रारम्भ गर्न उत्प्रेरित हुने आशा पनि व्यक्त गरिबक्सेको छ।

लघु जलविद्युत आयोजना

Filed under: समाचार

पर्वत जिल्लाको दक्षिणी भेगस्थित वाच्छा खोलाको सात ठाउँबाट विद्युत उत्पादन गरिएपछि एउटै खोलाबाट तीन गाविसका वासिन्दा लाभान्वित भएका छन् । ग्रामीण ऊर्जा विकास कार्यक्रमको सहयोगमा स्थानीय वासिन्दाको जनश्रमदानसमेत जुटाएर उक्त खोलाको पाँच किलोमिटर दूरीमा निर्माण गरिएका पाँच लघु जलविद्युत आयोजना र दुई पोल्ट्रिक सेटबाट सो विद्युत उत्पादन गरिएको हो । सो विद्युत उत्पादन भएपछि वाच्छा र भोक्सिङ गाविसका सबै घरमा तथा पाङराङ गाविसका केही घरमा विद्युतीकरण भएको छ ।

ऊर्जा विकास कार्यालय, पर्वतका अनुसार सो खोलाअर्न्तर्गत निर्माण भएको र्छछरे लघु जलविद्युत आयोजना र छहरे लघु जलविद्युत आयोजनाबाट उत्पादित 15 किलोवाट विद्युतबाट भोक्सिङ गाविसका छ वडाका 150 घरमा विद्युतीकरण गरिएको छ भने बाँकी घरहरूमा दुई पोल्ट्रिक सेटबाट उत्पादित विद्युत वितरण गरिएको छ ।
वाच्छा खोला प्रथम र अम्डीखोला लघु जलविद्युत आयोजनाबाट उत्पादित 40 किलोवाट विद्युतबाट वाच्छा गाविसका 390 घरमा विद्युत जडान गरिएको बताइएको छ । साथै वाच्छा खोला द्वितीय आयोजनाबाट उत्पादित 11 किलोवाट विद्युतबाट पाङराङ गाविसका 70 घरधुरीमा विद्युतीकरण गरिएको छ ।

February18,2006

नेपाली विन्डोज सफ्टवेयरको प्रयोगमा कमी

काठमाडौ
नेपाली भाषामा पनि कम्प्युटर चलाउन सक्ने गरी नेपालीनक्स र नेपाली विन्डोज सफ्टवेयर तयार पारिए पनि त्यसको प्रयोगमा भने अझै आममानिस त्यति इच्छुक नभएको पाइएको छ । अङ्ग्रेजी भाषा नजान्नेहरूका लागि पनि नेपाली भाषामा सम्पर्ूण्ा काम गर्न सक्ने गरी तयार गरिएका नेपालीनक्स र नेपाली विन्डोज सफ्टवेयरबारे छलफल गर्न आज आयोजित एक कार्यक्रममा सो कुरा बताइएको हो । यस्ता सफ्टवयरको विकासले पत्रपत्रिका तथा उद्योग व्यवसाय र कार्यालयमा धेरै काम लिनेसक्ने भए पनि यस्ता सफ्टवेयर र्सार्वजनिक गरिएको दर्ुइ महिना बितिसक्दा पनि यसको प्रयोगमा धेरैको सहभागी हुन नसकेको बताइयो । सूचना प्रविधि उच्चस्तरीय आयोग तथा सूचना प्रविधिमा नेपाली भाषा निर्देशन समितिद्वारा आयोजित सो कार्यक्रममा बोल्दै सूचना प्रविधि उच्चस्तरीय आयोगका पर्ूण्ाकालीन सदस्य डम्बरबहादुर खड्काले आमनेपालीमा सूचना प्रविधिको पहुँच वृद्धि गर्न यस किसिमको नेपालीकरण प्रक्रिया थालनी गरिएको बताउनुभयो । सो अवसरमा अन लिमिटेड न्यु मिडियाका आलेन तुलाधरले अहिले सूचना प्रविधिले दिनदिनै फड्को मारिएको अवस्थामा आमनेपालीले यसबाट फाइदा लिन सकून् भन्ने उद्देश्यले यस्ता सफ्टवेयर विकास गरिएको बताउनुभयो । सो कार्यक्रममा मदन पुरस्कार पुस्तकालयका तर्फाट केदार शर्माले नेपालीनक्सको उपयोगका विविध पक्षमा बोल्नु भएको थियो

फिलिपिन्समा पैरो

Filed under: समाचार

फिलिपिन्सको मध्य पूर्वमा पर्ने लेयथे टापूमा रहेको एउटा गाउँमा गम्भीर पैरो गएको छ। त्यस दुर्घटनामा परी दुई सय जना मर्नुका साथै एक हजार पाँच सयभन्दा बढी व्यक्तिहरु घाइते भएका छन् भने पाँच सयभन्दा बढी भवनहरुलाई क्षति पुर्‍याएको छ। अहिले फिलिपिन्सका विभिन्न क्षेत्रहरुले उद्धार कार्यहरु गरिरहेको कुरा प्राप्त समाचारले जनाएको छ।

मूल्यबृद्धिले सर्वसाधारणलाइ प्रत्यक्ष असर

Filed under: समाचार

बुटवल
सरकारले सर्वसाधारणलाइ अत्यावश्यक पर्ने पेट्रोलियम पदार्थमा भारी मूल्यबृद्धि गरेको छ ।
मट्टितेल र डिजलमा गरिएको मूल्यबृद्धिले सर्वसाधारणलाइ प्रत्यक्ष असर परेको छ । नेपाल आयल निगमले मट्टितेलमा ६ रुपैयाँ र डिजलमा ७ रुपैयाँ बृद्धि गरेको छ ।
सरकारले शुक्रबार देखि नै लागू हुने गरी पेट्रोलियम पदार्थको बिक्री वितरण निजी क्षेत्रलाइ दिएको छ । उच्च तथा मध्यम वर्गका व्यक्तिले प्रयोग गर्ने पेट्रोलको मूल्यमा भने कुनै परिवर्तन गरिएको छैन । खाना पकाउने ग्यासको मूल्य पनि यथावत राखिएको छ ।
राजाले माघ १९ मा प्रत्यक्ष शासन आफैले लिएपछि पेट्रोलियम पदार्थमा मूल्यबृद्धि गरिएको यो तेस्रो पटक हो । सरकारी स्वामित्वमा रहेको नेपाल आयल निगमले थोक मूल्य आफैले निर्धारण गरी खुद्रा मूल्य निर्धारण गर्ने जिम्मा निजी क्षेत्रलाइ दिएको छ ।
निगमको यो नयाँ व्यवस्थाबाट ठाउँ अनुसार मूल्य तय हुनेछ । निगमका अनुसार अब काठमाडौं उपत्यकामा प्रतिलिटर ३९ रुपैयँामा पाइदै आएको मट्टतिेल कम्तिमा ४७ रुपैयाँ ४२ पैसामा उपलब्ध हुनेछ ।
यसैगरी ४६ रुपैयाँमा उपलब्ध हुँदै आएको डिजल ५२ रुपैयाँ ६२ पैसामा उपलब्ध हुनेछ । तर पेट्रोल भने ६७ रुपैयाँ भन्दा कममा पनि उपलब्ध हुन सक्नेछ ।
यसैगरी हवाइ इन्धनको मूल्यमा प्रति लिटर २ रुपैयाँ बृद्धि गरी ५५ रुपैयाँ गराइएको छ । यो नया“ व्यवस्थाबाट निगमको मासिक घाटा ५७ करोड रुपैयाँबाट घटेर २० करोडमा झर्ने बताइएको छ । कमिशन दिइ पेट्रोलियम पदार्थ बिक्री वितरण गर्दै आएको निगमले अब आफ्नो डिपोसम्म पेट्र्रोलियम पदार्थ भारतबाट आयात गरी विक्रेताहरुलाइ उपलब्ध गराउने छ ।
निगमले हाललाइ विराटनगर, वीरगन्ज, अमलेखगन्ज, थानकोट, पोखरा, भैरहवा, नेपालगन्ज, सुर्खेत, धनगढी र दीपायललाइ पेट्रोल, डिजेल र मट्टीतेलका लागि डिपोका रूपमा तोकेको छ ।
यसैगरी हवाइ इन्धनका निम्ति काठमाडौँलगायत सबै हवाइ इन्धन डिपो कार्यालय तोकेको छ । निगमले नेपाल अधिराज्यभरि रहेका आफ्ना डिपोहरुबाट थोक मूल्यमा उपलब्ध गराउने भएकोले प्रतिष्पर्धाको आधारमा बिक्रेताहरुले खुद्रा मूल्य निर्धारण गर्ने दाबी निगमले गरेको छ ।




  • नेपाली भिडियो

  • माथि(मुख्य पृष्ठ)
  • --Next page-->> 2 3 4 5 6 7




















    Get free blog up and running in minutes with Blogsome
    Theme designed by Riosoft

  • माथि
  • Free Hit Counter