विकाशको डायरी

Google
नेपाली समय

February14,2006

जापानले कोरियाको टापूमाथि कब्जा गर्न खोजेको आरोप

Filed under: समाचार

सउल
उत्तर कोरियाली श्रमिक पार्टीको मुख-पत्र “रोदोङ्गसिन्मुन”ले एउटा टिप्पणी-लेख प्रकाशित गरी जापानले थाकेगाशिमा टापूलाई आफ्नो कब्जामा लिई कोरियाली प्रायव्दीपको परिस्थितिलाई चर्काउनखोजेको र यसका माध्यमबाट कोरिया तथा जापान बीचको विवादलाई अरु चर्काउने कुचेष्टा गरेको आरोप लगाएको छ।
उक्त टिप्पणी-लेखका अनुसार, थाकेगाशिमा टापू प्राचीनकालदेखि नै कोरियाको अभिन्न भू-भाग हो। यस कुरालाई कोरियाका ऐतिहासिक दस्तावेजहरुले मात्र पुष्टि गरेको नभई जापानसँग भएका ऐतिहासिक कागज-पत्रहरुले पनि त्यसलाई साबित गर्नसक्छन। यस यथार्थलाई एकातिर पन्छाएर जापानले जबरजस्ती थाकेगाशिमा टापूमाथि कब्जा जमाउने र यसैका माध्यमबाट कोरियामाथि नियन्त्रण गर्ने गलत सिद्धान्तको प्रचार-प्रसार गर्दैआएको देखिन्छ।
उक्त टिप्पणी-लेखका अनुसार, जापानको उक्त गलत उद्देष्य पूरा हुने संभावना छैन र जापानले जबरजस्ती उक्त टापूमाथि कब्जा गर्नखोजेको खण्डमा कडा सजायको भागी बन्ने छ।

February9,2006

सुनवल–बुटवल खण्डको देवदहमा भिडन्त

Filed under: समाचार

बुटवल
बुटवलभन्दा करीब ११ किमि पूर्वमा रहेको नवलपरासीको सीमावर्ती घोडाहा जंगलमा सुरक्षाफौज र माओवादीबिच दिउँसो शुरु भएको भिडन्त राती १० बजेसम्म जारी छ।
यसअघि नवलपरासी, सुनवलस्थित पूर्वपश्चिम राजमार्ग छेउको रम्वापुरमा अवरुद्ध सडक खुलाउन गएको सुरक्षाकर्मीलाई माओवादीले हमला गरेपछि दिउँसो करिब ३ बजेदेखि भिडन्त भएको थियो। त्यस घट्नामा सहयोग गर्न बुटवलबाट गएको थप सुरक्षा बल र माओवादीबिच घोडाहामा अर्को भिडन्त भएको हो।


२ घण्टासम्म चलेको रम्वापुरको भिडन्तका क्रममा सुरक्षाफौजको ४ वटा गाडीहरु माओवादीले जलाइ दिएका छन्। स्थानीय सर्वसाधारण तथा घटनास्थल नजिक स्थानीय सर्वसाधारणका अनुसार घटनाका बेला ‘बचाउ–बजाउ’ भन्दै थुपै्र मानिसहरु चिच्याइ रहेका आवाज सुनिएको थियो। भिडन्त भइरहेको क्षेत्र आसपासमा सुरक्षा फौजले हवाई हमला गरिरहेको छ। रमवापुर नजिक माओवादीको एम्बुसमा परि एक महिलाको मृत्यु र २ जना महिला घाइते भएको बताइएको छ। माओवादी स्रोतले भने त्यस क्षेत्रको भिडन्तका क्रमममा हतियारसहित एक दर्जन सुरक्षाकर्मीलाई नियन्त्रणमा लिएको जनाएको छ। उनीहरुले पाल्पा भिडन्तमा अपहरण गरि मुक्त गरिएका सुरक्षाकर्मी पनि त्यहाँ नियन्त्रणमा परेको जनाएका छन्। पाल्पा आक्रमणमा संलग्न माओवादीहरु नवलपरासी र रुपन्देही आसपासको राजमार्ग क्षेत्रमा ठूलो संख्यामा एकत्रित रहेको अनुमान छ।
माओवादी र सुरक्षाकर्मी बीच दोहोरो भिडन्त हुँदा छ सुरक्षाकर्मीको मृत्यु भएको छ ।
यता माओवादीले भने सो घटनामा १० सुरक्षाकर्मीका साथै सेनाका ८१ एमएमको तोप एक थान, एलएमजी एक थान, एम १६ दुइ थान, टु इञ्च मोर्टार र टिटिएसलगायत थुप्रै युद्धसामाग्री खोसेको दावी गरेको छ ।

निर्बाचनमा भागलिनेहरु बीच आरोप प्रत्यारोप

Filed under: समाचार

काठमाडौं
बुधबार सम्पन्न ३६ नगरपालिकाको निर्बाचनमा उम्मेदवार दिएका अधिकांश ठाउँमा सरकार पक्षको राप्रपा बिजयी भएको भनिएको छ ।
काडमाडौं महानगर पालिकामा धाँधली भएको भन्दै निर्वाचनमा सहभागी राष्ट्रवादी मिलनकेन्द्र र नेपाल समता पार्टीले सरकारपक्ष राप्रपाले बुथ क्याप्चर गरेको आरोप लगाएका छन् । काठमाडौं महानगरपालिकामा गृहमन्त्री कमल थापाले शक्तिको दुरुपयोग गरी आफ्ना भरौटेलाइ कयौं पटक मतदान गराएको ती पार्टीको आरोप छ उनीहरुले मत गणनानै बहिस्कार गरेका छन् । काठमाडौं महानगरपालिकामा राजाराम श्रेष्ट प्रमुखमा र बिमला राणा उपप्रमरखमा निर्वाचित भएका भनिएको छ । ललित पुर उपमहानगरपालिकामा प्रेमलाल महर्जन प्रमुख तथा केशव खड्का उपप्रमुखमा निर्वाचित छन् । (more…)

जुडो टोली हङकङतर्फ

Filed under: समाचार

द जुडो एसोसिएसन अफ हङ्कङ, चीनको आयोजनामा यहीं माघ २९ गतेदेखि हङ्कङमा आयोजित हुने हङ्कङ् अन्तर्राष्ट्रिय जुडो प्रतियोगितामा सहभागी हुनजाने छ सदस्यीय नेपाली जुडो टोली हङकङतर्फ प्रस्थान गरेको छ।

सो टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य एवम् नेपाल जुडो सङ्घका अध्यक्ष दीपकहर्ष बज्राचार्यले हिजो एक कार्यक्रमबीच बिदाइ गर्नुभयो। नेपाल जुडो टोलीको व्यवस्थापकमा नेपाल जुडो सङ्घका कोषाध्यक्ष विपिनप्रसाद श्रेष्ठ, टिम प्रशिक्षकमा बाँके जिल्ला खेलकुद विकास समितिका जुडो सहायक प्रशिक्षक दलबहादुर गुरुङ रहेका छन। खेलाडीहरुमा पुरुषतर्फ साठी केजी तौल समूहमा देवेन्द्र कर्माचार्य र एकासी केजी तौल समूहमा प्रवीणकाजी श्रेष्ठ तथा महिलातर्फ अठचालिस केजी तौल समूहमा लीला अधिकारी र त्रिसट्ठी केजी तौल समूहमा देवु थापा रहेका

February8,2006

अधिराज्यभर २० प्रतिशत भन्दा कम मत खसेको

Filed under: समाचार

काठमाडौं
बुधबार भएको नगरनिर्वाचनमा नेपालको इतिहासमै सबै भन्दा कम मत खस्यो । राष्ट्रिय र अन्तरराष्ट्रिय तहबाट वहिष्कृत निर्वाचनमा झिनो मत खसेको छ । मतगणनाको परिणाम बिहीबार साँझसम्ममा आइसक्ने बताइएको छ ।
हालसम्म प्राप्त जानकारी अनुसार, अधिराज्यभरबाट २० प्रतिशत भन्दा कम मत खसेको छ ।
निर्वाचन आयोगका अनुसार अधिराज्यभरका नगरपालिकामा एक लाख ४२ हजार ९४ मत मात्र खसेको छ । तीन लाख ९ सय ३५ मतदाता रहेको काठमाडौं महानगरपालिकामा ४५ हजार मात्र मत खसेको छ । कीर्तिपुरमा आठ हजार नौ सय मत खसेको आयोगले जनाएको छ । किर्तिपुरमा ३० हजार आठ सय ३१ मतदाता रहेका छन् । (more…)

February7,2006

वैकल्पिक ऊर्जा स्रोतको विकासमा ध्यान दिनुपर्ने खाँचो

राष्ट्रिय योजना आयोगका सदस्य डा. राजेन्द्र सुवालले ऊर्जाविना देश विकास हुन नसक्ने भएकाले स्थानीय स्तरमा उपलब्ध हुनसक्ने सस्तो र सुलभ ऊर्जाको विकासमा जोड दिनुपर्ने कुरा वताउनुभएको छ।
इन्जिनीयरिङ अध्ययन संस्थान, ऊर्जा अध्ययन केन्द्रको सातौं वाषिर्कोत्सवका अवसरमा पाटनमा आयोजित कार्यक्रममा बोल्दै उहाँले आयातित इन्धनमाथिको निर्भरता कम गर्न र लोड सेडिङबाट मुक्ति पाउन वैकल्पिक ऊर्जा स्रोतको विकासमा ध्यान दिनुपर्ने खाँचो औँल्याउनुभयो।
ऊर्जा अध्ययन केन्द्रका निर्देशक प्रा.जगन्नाथ श्रेष्ठले केन्द्रले सौर्य-शक्ति, वायु-शक्ति, बायो-ग्याँस, लघु जल-विद्युत र हाइड्रोजनको क्षेत्रमा विभिन्न अध्ययन गरिरहेको जानकारी दिंदै स्वदेशभित्र जैविक इन्धन उत्पादन गरी खनिज इन्धनलाई प्रतिस्थापन गर्नसकिने धारणा व्यक्त गर्नुभयो।
कार्यक्रममा संस्थानका डिन प्रा.डा.रामकृष्ण पौडेलले नवीकरणीय ऊर्जा प्रविधिको विकास र विस्तारमा केन्द्रले पुर्‍याएको योगदानको चर्चा गर्नुभएको थियो ।

बन्‍दमा घुम्‍नको मज्‍जा

Filed under: Butwal today

(more…)

बुटवलमा गोली चल्‍यो

Filed under: समाचार

बुटवल
मंगलबार विहान ८ बजेदेखि बुटवलको पूर्वमा पर्ने बसन्तपुर नजिकैको जंगलमा माओवादी र सेनाबीच भिडन्त चलेको छ । माओवादीले सोमबार राती बुटवल आक्रमण गर्ने चेतावनी दिएका कारण हिजो रातभर नै बुटवल त्रसित वन्न पुगेको थियो । सोमबार राती बसन्तपुर र बुटवलको बीचमा पर्ने जंगलमा चम्किलो बत्ती बलेको कारण सेनाले ब्यारेकमै बम विष्फोट गराएको हुनसक्ने आशंका गरीएको छ । वम विष्फोटको घटनालाइ सेनाले भने आन्तरीक अभ्यास भनेको छ । विहान ८ बजे नै सेनाहरुको जत्था बसन्तपुर तर्फर्र्र्चमा गए पछि त्यहा विष्फोट एवं फायरीङ्ग सुरु भएको हो । सो क्षेत्रमा चलेको आधा घण्टाको फायरीङ्ग लगत्तै सैनिक बंकरले थप सैनिकहरुलाइ पुनः त्यस क्षेत्रतर्फछाडेर फर्किएको छ भने हेलिकप्टरले त्यसक्षेत्रमा चक्कर लगाइ रहेको छ । फायरीङ्ग एवं विष्फोट क्रम अझै पनि जारी छ तर क्षतिको जानकारी प्राप्त हुन सकेको छैन ।

इतिहासमा सबैभन्दा विवादास्पद निर्वाचन भोलि

Filed under: समाचार

नेपालको इतिहासमा नै सबैभन्दा विवादास्पद बनेको नगर निर्वाचन भोलि हुँदैछ। माअ‍ोवादीले कारबाही गर्ने र सात दलले बहिस्कार गर्ने घोषणा गरेका कारण मतदानका लागि ज्यान नै जोखिममा राख्नुपर्ने देखिएको छ।
ज्यान जोखिममा राख्नुपर्ने कुरा सर्वसाधारणले हैन, सरकार कै एक मन्त्रीले बताएका हुन्। सूचना तथा सञ्चार राज्यमन्त्री शिरिष शमशेर राणाले ज्यान जोखिममा राखेर भए पनि मतदाताहरुले चुनावमा भाग लिन आउने विश्वास सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा प्रकट गरे।
चुनाव बिथोलिएला भनेर नै सरकारले देशभर सयौं नेता, कार्यकर्ता र विद्यार्थीहरुलाई थुनामा राखेको छ। चुनाव बिथोल्ने कुनै पनि कार्य भएमा त्यसलाई कारबाही गर्ने भनी शाही सेनाले बताइसकेको छ।
उता, शिक्षण संस्थामा मतदान केन्द्र नराखियोस् भनी मानवअधिकारवादीले राखेको अनुरोध र विद्यार्थीहरुले गरेको अनुरोधलाई वास्ता नगरी सरकारले शिक्षण संस्थामा नै मतदान केन्द्र राख्ने भएको छ।
मतदानको दुई दिन अगाडिबाट नै निजी तथा सरकारी विद्यालयहरुमा सेना गइसकेको छ। प्राप्त समाचार अनुसार देशभरका ९२१ विद्यालयहरुलाई मतदान केन्द्र बनाइएको छ, त्यसमा राजधानीभित्र मात्रै १४४ सरकारी विद्यालय, ३२ निजी विद्यालय र तीन क्याम्पस परेका छन्।

वुटवलमा वम विष्फोट

Filed under: समाचार

बुटवल
वुटवल वजारमा विष्फोटनका आवाजले तनाव सिर्जना गरेको छ । नेकपा माओवादीले २४ गते सोमबार बुटवलमा आक्रमण गर्ने पूर्व चेतावनी दिए पछि राती आक्रमण हुन सक्ने जनाउदै तिनाउ नदिको छेउछाउ बसोबास गरी आएका सुकुमबासीहरुलाई त्यहाँबाट हट्न भनेका छन् । यसैक्रममा साँझ ८: ५५ पछि बुटवलको गोलपार्कमा २० मिनेट भित्रमा नै लगातार ७ वटा वम विष्फोट भई सकेका छन् । माओवादी आक्रमणको त्रासका कारण दैनिक ३ घण्टा गरिने गरेको लोडसेडिङ्ग समेत आज गरिएको छैन । तर विष्फोट माओवादीले नै गराएका हुन भन्ने पुष्टि भने भएको छैन र सेनाले नै परीक्षणका रुपमा गराएको हुन सक्ने हल्ला पनि आएको छ । यी विष्फोटहरु आक्रमण पूर्वको जानकारी हुनसक्ने आशंकाले यहाको जनजीवन त्रस्त बनेको छ ।

February6,2006

ट्‍याक्सी चालकको हत्या

Filed under: समाचार

ललितपुर
संदिग्ध माओवादीले बन्दको दिनमा सवारी साधन चलाएको भन्दै सोमवार बेलुकी ६:३० बजे ललितपुर ग्वार्कोमा एक ट्‍याक्सी चालकललाइ गोली प्रहार गरी हत्या गरेका छन्। बा. १ ज. ८८८४ नम्बरको सेतो मारुती ट्‍याक्सीका चालक जितेन्द्र श्रेष्ठको वी एण्ड बी अस्पतालमा उपचार हुँदाहुँदै मृत्यु भएको हो।
अज्ञात ठाउँबाट गाडी चढेर आएका माओवादीले अस्पताल नजिक आएपछि गोली प्रहार गरी भागेका हुन्। तत्कालै उनलाइ उपचारको लागि वी एन्ड वी अस्पताल पुर्‍याइएको थियो । धादिङ घर भएका चालक जितेन्द्र शिक्षामा स्नातक तह अध्ययन गर्दै गरेका विद्यार्थी भएको थाहा भएको छ।

एक अफ्रिकन कविता (अज्ञात)

Filed under: कविता

जब म जन्मे म कालो थिएँ
जब म बढेँ म कालो थिएँ
जब म घाममा गएँ म कालो थिएँ
जब म डराएँ म कालो थिएँ
जब म विमार भएँ म कालो थिएँ
जब म म मर्ने छु म कालो नै हुने हु

र, तिमी श्वेत मानिस चाहीँ
जन्मँदा गुलावी हुन्छौ
हुर्कँदै जाँदा सेतो हुन्छौ
घाम तापेपछि रातो हुन्छौ
चिसोमा बस्नु परे नीलो हुन्छौ
डराएको बेला पहेँलो हुन्छौ
विमारी हुँदा तिमी हरियो हुन्छौ
र, मर्दा खरा……नी रंगमा फेरिन्छौ
र पनि मलाई नै (कालो) रंगको मानिस भन्ने????????




  • नेपाली भिडियो

  • माथि(मुख्य पृष्ठ)
  • --Next page-->> 2 3 4 5 6 7




















    Get free blog up and running in minutes with Blogsome
    Theme designed by Riosoft

  • माथि
  • Free Hit Counter