काठमाडौं
संयुक्त राष्ट्रसंघका सहायक महासचिव कुलचन्द्र गौतमले भारत, चीन, अमेरिका, जापान र युरोपेली संघजस्ता सरकारलाई बढी प्रभाव पार्नसक्ने अन्तर्राष्ट्रिय समुदायले नेपालमा शान्ति, प्रजातन्त्र र मानव अधिकार पुनःस्थापनाका लागि थप कडा बाटो अवलम्बन गर्न आवश्यक भएको बताउनुभएको छ ।
न्युयोर्कबाट प्रकाशित हुने द्वैभाषिक प्ााक्षिक समाचारपत्र ‘नेपाली आवाज’ लाई दिएको विशेष अन्तर्वार्तामा उहाँले उक्त अन्तर्राष्ट्रिय समुदायले नेपालका राजा र अरू पार्टीहरूलाई संयुक्त र एउटै सन्देश पठाई प्रजातन्त्र पुनःस्थापनाको आग्रह गर्नसक्ने बताउनुभएको हो । नेपाललाई सहयोग गर्न बढी प्रभावकारी कदम चाल्न ती देशहरूले संयुक्त राष्ट्रसंघलाई थप बलियो बनाउनुपर्छ,’ युनिसेफका उपकार्यकारी निर्देशकसमेत रहेका गौतमले भन्नुभयो । (more…)
February6,2006
नेपालका लागि कडा कदम चाल्नुपर्छ : गौतम
जनस्वास्थ्यमा गम्भीर खेलबाड (खाद्य सुरक्षामा खतरनाक हेलचेक्राइँ)
काठमाडौ
सरकारले उपभोक्ता संरक्षण ऐन, २०५४ लाई व्यवहारमा नल्याउँदा बेइमान उत्पादकहरूले दैनिक उपभोगका ९० प्रतिशत खाद्य वस्तुमा मिसावट गरेर र्सार्वजनिक जनस्वास्थ्यमा गम्भीर खेलबाड गरिरहेका छन् ।
खाद्य ऐन, २०२३ असान्दर्भिक ठानिएपछि २०५४ सालमा उपभोक्ता संरक्षण ऐन लागू गरिएको थियो । तर, त्यसलाई इमानदारीसाथ कार्यान्वयन नगरिँदा सीताराम दूध, वाईवाई चाउचाउजस्ता अत्यधिक उपभोग हुने वस्तुहरूमा समेत गुणस्तर कायम हुन सकेको छैन । (more…)
ताररहित टेलिफोन सेवा सञ्चालन
काठमाडौँ
नेपाल टेलिकमले काठमाडौँ उपत्यकामा ताररहित प्रणालीको सीडीएमए प्रविधिको टेलिफोन सेवा सञ्चालन गर्न लागेको छ । पहिलो चरणमा सुन्धारा एक्सचेन्जबाट टेलिकमको पुराना प्रतीक्षासूचीमा रहेका निवेदकहरूलाई उक्त प्रविधिको टेलिफोन वितरण गरिने र बिस्तारै अधिराज्यका अन्य एक्सचेन्जहरूबाट पनि सेवा विस्तार गरिँदै लगिने टेलिकमका प्रबन्ध निर्देशक सुगतरत्न कंसाकारले जानकारी दिनुभयो । विश्वव्यापी रूपमा सीडीएमए प्रविधि भरपर्दो, सरल र सहज रूपमा उपलब्ध गराउन सकिने भएकाले सरकारले दसौँ योजनामा काठमाडौँ लगायत अधिराज्यका मेचीदेखि महाकालीका तर्राई तथा पहाडी भेगमा टेलिफोनसेवा उपलब्ध गराउने लक्ष्य राखेको थियो । प्रथम, द्वितीय र तृतीय चरणमा गरी पाँच लाख लाइन, चौथो र पाँचौँ चरणमा थप पाँच लाख लाइन विस्तार गर्न सकिने यस प्रविधिअर्न्तर्गत सम्पर्ूण्ा निर्माणकार्य सम्पन्न भइसकेको छ ।
रासस
नेपाल बन्दका कारण जनजीवन अस्तव्यस्त
काठमाडौं
माओवादीलेगरेको बन्दको आव्हान गरेको एकहप्ते नेपाल बन्दका कारण राजधानी लगायत अधिराज्य भरिको जनजीवन आइतबार पहिलो दिन प्रभाबित रहेको छ । राजधानीमा शनिबार सुरक्षाकर्मीद्धारा जफत गरिएका सवारी साधनहरु मध्ये केही सवारी साधन बलजफ्ती सञ्चालन गरिएका बाहेक फाट्ट फूट्ट मोटरसाइकल र केही भाडाका सवारी साधन चलेका छन् । यधपी राजधानीका अधिंकाश बजार,उधोग व्यवसाय शैक्षिक संस्थाहरु बन्द रहेका छन् । पुतलीसडक र बागबजारमा सुरक्षाकर्मीले बिहान केही पसलहरु बलजफ्ती खुलाएका थिए ।
यसैबिच बन्दको पहिलो दिन काठमाडौंको बल्खुमा माओवादीले राखेको एउटा बम सेनाले निश्कृय पारेको छ । बल्खुचोकदेखि नजीकै राखिएको सो बमका कारण बिहान केहीबेर सो क्षेत्र आतकिंत बनेको थियो ।
February5,2006
बन्दमा पर्यटकलाई बस
काठमाडौ ५ फेब्रुअरी २००६
नेपाल पर्यटन बोर्डले आइतबारदेखि व्रि्रोही माओवादीले गरेको बन्दमा पर्यटकहरुका लागि बस सेवा उपलब्ध गराउने भएको छ ।
माओवादीले आइतबारदेखि बिहीबारसम्मका लागि नेपाल बन्द आहृवान गरेको छ । बन्दमा वोर्डले जम्मा तीन वटा सटल बस पहिलेकै रुटमा संचालन गर्ने जानकारी वोर्डका प्रवक्ता सरद प्रधानले दिनुभएको छ ।
वोर्डले तीन वटा रुटमा सटल गाडी संचालन गर्नेछ । जसमा पहिलो रुट एयरपोर्ट हुँदै न्यूरोड, आरएनएसी, होटल अन्नपर्ूण्ा, होटल अंकित, ठमेल, लैनचौर, होटल शंकर, होल एम्बासोडर हुँदै पुनः एयरपोर्ट पुग्नेछ । दोश्रो रुटमा होटल र्याडिसन, होटल साग्रीला, महाराजगंज चोक, होटल हायत, चाबहिल, होटल द्वारिकाबाट पुनः एयरपोर्ट पुग्नेछ । तेस्रो रुटमा एयरपोर्ट हुँदै तिनकुने, होटल एभरेष्ट, माइतीघर, होटल ग्राण्ड हुँदै पुनः एयरपोर्ट पुग्नेछ ।
माओवादी बन्दका कारण होटलमा भएका बुकिङहरु भने रद्ध गर्ने क्रम बढेको छ । सोल्टीमा १० वटा बुकिङ भएका कोठाको बुकिङ रद्ध भएको जानकारी कर्मचारी बिनोद जोशीले दिनुभयो ।
होटल हायतमा पनि दैनिक १०/१२ कोठाहरु बन्दका कारण खाली भइरहेका छन ।
January29,2006
क्यानडा प्रवेश खुल्ला
काठमाडौं
संयुक्त राज्य अमेरिकाले विदेशीहरूका लागि डिभी चिठ्ठा खोलेसरह क्यानडाले पनि विश्वभरका दक्ष जनशक्तिलाई आफ्नो देशमा खुल्ला प्रवेशका लागि आहृवान गरेको छ ।
यसैबीच नेपालका लागि क्यानडाको अध्यागमनसम्बन्धी परामर्शदाता मिलन कार्कीले दिनुभएको जानकारी अनुसार रुसी महासङ्घ पछि विश्वको दोस्रो ठूलो भूभाग रहेको क्यानडामा जनसङ्ख्याको कमी भएकाले प्रतिवर्षतीन लाख जनशक्ति बाहिरबाट भित्र्याउने योजना रहेको छ ।
सोका लागि काठमाडौंँमा ‘एभरेस्ट इम्रि्रेसन एण्ड लिगल र्सर्भिसेज’ नामक संस्थामार्फ सो व्यवस्था मिलाउन लागेको बुझिएको छ ।
कार्यक्रममा कार्कीद्वारा प्रस्तुत कार्यपत्रमा क्यानडाका लागि योग्य भई त्यहाँ पुगेका व्यक्तिले आफ्नो परिवारका सम्पर्ूण्ा सदस्यलाई त्यहाँ लगेर आवासीय नागरिक बनाउन सक्ने उल्लेख छ ।
रासस
नगर निर्वाचनमा ६०० को उम्मेदवारी फिर्ता
प्रस्तावित नगर पालिका निर्वाचनमा उम्मेदवारी दिनेहरूको संख्या अरू घटेको छ।
एकवर्ष अघि शान्ति सुरक्षा कायम गर्न भनि राजाबाट शासन आफ्नो हातमा लिइबक्सेको थियो
साढे तीनहजार भन्दाबढीले उम्मेदवारी दिएकामा ६०० ले आफ्नो नाम फिर्ता लिएको निर्वाचन आयोगले जनाएको छ।
जम्मा पदहरू भन्दा उम्मेदवार कम भएको, सयौं पदमा उम्मेदवारी नपरेको र अरू सयौं पदहरूमा निर्विरोध उमेदवारी परेको नेपालको चुनावी इतिहासमा यो पहिलो घटना हो। (more…)
पत्रकार महासंघको आन्दोलन फेब्रुअरी एकमा
काठमाडौं
नेपाल पत्रकार महासंघले यहि माघ १९ गते प्रेस स्वतन्त्रता र लोकतन्त्रका पक्षमा आन्दोलन गर्ने भएको छ । महासघंले आइतबार एक अन्तरक्रिया कायक्रमको आयोजना गरी सो जानकारी गराएको हो । महासंघले माघ १९ गते काठमाडौं न्यूरोडमा निशेधित क्षेत्र तोड्दै बृहत बिरोध र्याली गर्ने बताएको छ ।
January28,2006
माओवादीका कारण उम्मेदवारी दिइनँ: स्थापित
काठमाडौ
नेताहरुले सरकारद्धारा घोषित नगर निर्वाचनको औचित्य नरहेको बताएका छन ।
शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै एमालेका नेता केपी शर्मा ओलीले सरकारले राज्य आतंक मच्चाउँदै दलहरुको प्रदर्शनमा दमन गरेको र निर्वाचन आयोगले गृह मन्त्रालयको जस्तो कार्य गरेको आरोप लगाए ।
पर्ूव गृह मन्त्री ओलीले प्रहरीले मर्यादा नाघेर गाडीमा ढुंगा बोक्ने र प्रदर्शनकारीमाथि गुलेली चलाउने गरेकोमा आपत्ति जनाए । जनताले माघ २६ गतेको निर्वाचनमा मतदान नगर्ने ठोकुवा एमाले नेताले गरे । (more…)
सेनाको गाडी एम्बुसमा
बुटवल,
शाही नेपाली सेनाको गाडीलाइ लक्षित गर्दै माओवादीले रुपन्देहीको देवदह नजिकै एम्बुस विष्फोट गराएका छन् । शुक्रबार साँझ पाँचबजेतिर गराइएको एम्बुस विष्फोटमा परी गाडीको केही भागमा सामान्य क्षति पुगेको बताइएको छ । घटनामा कुनै मानवीय क्षति नभएको सेनाको २२ नम्बर बाहिनी रामनगर बुटवलले जनाएको छ ।
January27,2006
त्रिवेणी महोत्सव आजदेखि
परासी,
यहाँको पर्यटकीय गाउँ त्रिवेणीमा पहिलो पटक पर्यटन महोत्सव आयोजना गरिने भएको छ । माघ १४ देखि १८ सम्म त्रिवेणीधाममा महोत्सव आयोजना गर्न लागिएको हो ।
त्रिवेणी गाउँ विकास समिति र उद्योग वाणिज्य संघ नवलपरासीले संयुक्त रूपमा महोत्सव आयोजना गरेका हुन् । सह आयोजकमा जिल्ला विकास समिति लगायत ६ वटा संघ-संस्था छन् । महोत्सव सफल पार्न मोतीलाल उपाध्यायको संयोजकत्वमा ३५ सदस्यीय मूलसमिति तयारीमा जुटेको छ ㅣ
स्वर्णभद्रा, पूर्णभद्रा र नारायणी नदीको संगमे त्रिवेणी क्ष्ाेत्र धार्मिक आस्थाको केन्द्र पनि मानिन्छ । यो क्ष्ाेत्र सीताजीको कल्पवास, लवकुशको जन्मस्थल, वाल्मीकि ऋषिको तपोभूमि हो । समितिका सदस्य रामप्रसाद अर्यालका अनुसार महोत्सवमा स्थानीय भोजपुरी संस्कृति, दोहोरी गीत, एकांकी, हिन्दी पपगीत पनि राखिएका छन् । सीमावर्ती क्ष्ाेत्रमा भएकाले भारतबाट पनि ठूलो मात्रामा पर्यटक भित्र्याउने योजना आयोजकले राखेका छन् ।


अनलाईनसमाचार

